Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सूर्यविनायकमा अस्थायी संरचना धमाधम भत्काइँदै


काठमाडौं। अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि पूर्वतिरका राजमार्गमा रहेका अस्थायी संरचनाहरू हटाउन थालिएका छन्। नेपाल प्रहरी, सूर्यविनायक नगरपालिकाका नगर प्रहरीको सुरक्षामा मिचेर बनाइएका अस्थायी संरचनाहरू डोजर लगाएर भत्काउन सुरु गरिएको हो।

त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रे पुग्ने राजमार्ग खण्ड ६ लेनमा विस्तार गर्ने योजनाको काम भइरहेको छ। योजना अन्तर्गत राजमार्ग खण्डभित्र पर्ने गरी बनाइएका टहरालगायतका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको हो।

सो राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्राधिकार भित्र बनाइएका अस्थायी संरचनाहरू भत्काउन थालिएको बताइएको छ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?