Trending
>>   आज मिति २०८२ साल भदौ ०५ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता >>   इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल >>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

अनुसन्धान शोधवृत्तिका लागि अनलाइनबाट प्रस्ताव दिन सकिने


काठमाडौँ । महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप – एमआरएफ) को जानकारीमूलक सत्र सम्पन्न भएको छ । सत्रमा शोध कार्यका लागि इच्छुक १८ जना व्यक्ति भौतिक रुपमा उपस्थित हुनुभएको थियो । यस्तै २२ जनाले अनलाइनमार्फत सहभागिता जनाउनुभएको थियो ।

सत्रमा कार्यक्रम सञ्चालनको उद्देश्यमाथि चर्चा गर्दै आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, तथ्य र आवश्यकतामा आधारित नीति निर्माण गर्नमा शोध कार्यबाट महत्वपूर्ण दस्तावेज प्राप्त हुने अपेक्षा रहेको बताउनुभयो । ‘महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिम योजना छन् । यी कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने प्रस्ताव हुन सक्छन् । महानगरपालिकाले अहिलेसम्म नदेखेका र नलेखेका तर, समाजका लागि चाहिएका कुरा हुन सक्छन् । त्यस्ता विषयमा अनुसन्धान गर्न शोधकर्ताहरुले प्रस्ताव दिन सक्नुहुनेछ ।’ झाको भनाइ थियो ।

आयोगका सहायक विज्ञ विवेक बास्तोलाका अनुसार आउँदो शनिबार (माघ २७ गते) रातको ११ बजेर ५९ मिनेटसम्म अनलाइनबाट आवेदन दिन सकिनेछ । मापदण्डमा तोकिएको अङ्क भारका आधारमा प्रस्ताव मूल्याङ्कन गरिनेछ । प्रस्तावलाई कोडिङ् गरेर मूल्याङ्कनमा पठाइनेछ । नाम गोप्य भएकोले मूल्याङ्कनकर्ताले विषयको गहनताका आधारमा मूल्याङ्कन गर्नेछन् । यसरी छानिएका प्रस्तावकहरुलाई प्रस्तुतिकरणका लागि बोलाइनेछ । प्रस्तुतिकरणपछि १० जना शोधकर्ता छानिनुहुनेछ ।

सत्रमा प्रक्रियाका विषयमा जानकारी दिएपछि सहभागीहरुले अनुसन्धान कार्यसँग सम्बन्धित प्रक्रियाका बारेमा जिज्ञासा राख्नुभएको थियो । ३५ दिनको अवधि राखेर पुस १२ गते महानगरपालिकाले सार्वजनिक सूचनामार्फत अनुसन्धानमूलक शोधका लागि प्रस्ताव आव्हान गरेको थियो । शोधकर्ताहरुबाट थप समयका लागि माग आएकाले १० दिन समय बढाएर २७ गतेसम्म पुर्‍याइएको हो ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?