Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अनुसन्धान शोधवृत्तिका लागि अनलाइनबाट प्रस्ताव दिन सकिने


काठमाडौँ । महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप – एमआरएफ) को जानकारीमूलक सत्र सम्पन्न भएको छ । सत्रमा शोध कार्यका लागि इच्छुक १८ जना व्यक्ति भौतिक रुपमा उपस्थित हुनुभएको थियो । यस्तै २२ जनाले अनलाइनमार्फत सहभागिता जनाउनुभएको थियो ।

सत्रमा कार्यक्रम सञ्चालनको उद्देश्यमाथि चर्चा गर्दै आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, तथ्य र आवश्यकतामा आधारित नीति निर्माण गर्नमा शोध कार्यबाट महत्वपूर्ण दस्तावेज प्राप्त हुने अपेक्षा रहेको बताउनुभयो । ‘महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिम योजना छन् । यी कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने प्रस्ताव हुन सक्छन् । महानगरपालिकाले अहिलेसम्म नदेखेका र नलेखेका तर, समाजका लागि चाहिएका कुरा हुन सक्छन् । त्यस्ता विषयमा अनुसन्धान गर्न शोधकर्ताहरुले प्रस्ताव दिन सक्नुहुनेछ ।’ झाको भनाइ थियो ।

आयोगका सहायक विज्ञ विवेक बास्तोलाका अनुसार आउँदो शनिबार (माघ २७ गते) रातको ११ बजेर ५९ मिनेटसम्म अनलाइनबाट आवेदन दिन सकिनेछ । मापदण्डमा तोकिएको अङ्क भारका आधारमा प्रस्ताव मूल्याङ्कन गरिनेछ । प्रस्तावलाई कोडिङ् गरेर मूल्याङ्कनमा पठाइनेछ । नाम गोप्य भएकोले मूल्याङ्कनकर्ताले विषयको गहनताका आधारमा मूल्याङ्कन गर्नेछन् । यसरी छानिएका प्रस्तावकहरुलाई प्रस्तुतिकरणका लागि बोलाइनेछ । प्रस्तुतिकरणपछि १० जना शोधकर्ता छानिनुहुनेछ ।

सत्रमा प्रक्रियाका विषयमा जानकारी दिएपछि सहभागीहरुले अनुसन्धान कार्यसँग सम्बन्धित प्रक्रियाका बारेमा जिज्ञासा राख्नुभएको थियो । ३५ दिनको अवधि राखेर पुस १२ गते महानगरपालिकाले सार्वजनिक सूचनामार्फत अनुसन्धानमूलक शोधका लागि प्रस्ताव आव्हान गरेको थियो । शोधकर्ताहरुबाट थप समयका लागि माग आएकाले १० दिन समय बढाएर २७ गतेसम्म पुर्‍याइएको हो ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?