Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

कृषि पर्यटन मार्गमा कालोपत्र


तनहुँ। जिल्लाका तीन पालिका जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिका जोड्ने उक्त मार्गमा कालोपत्र गरिएको हो ।

त्यस्तै, व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमाना रहेको यो मार्ग भीमाद नगरपालिका क्षेत्रमा जोडिएको छ भने गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत कृषि पर्यटनका लागि सो मार्ग निर्माण गरिएको हो ।

उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुईसय मिटर सडक ढलान गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सो ठेक्का सम्झौतालगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरी लक्ष्य अगावै कालोपत्र गरिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले जानकारी दिएका छन् ।

मङ्लादेवी सुवास कन्ट्रक्सन कम्पनीले विसं २०७९ फागुन १४ गते यो सडक निर्माणका लागि रु।चार करोड ४३ लाख ४० हजार पाँच सय २८ मा ठेक्का सम्झौता गरेको थियो । उक्त मार्गले तीन पालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् भने सो सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा खुसी भएका छन् ।

उक्त योजनाको अनुगमन गरेर निर्माण कम्पनीलाई काम सम्पन्न भएको प्रमाणपत्र र अन्तिम भुक्तानी प्रदान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले बताए । त्यसैगरी व्यास नगरपालिका–११ मा एक हजार सात सय मिटर लामो बाराही– रानीमार्ग आठ महिनाअघि कालोपत्र गरिएको थियो । उक्त दुवै योजना क्रमश स् आठ महिना र चार महिना अघि सकिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले विस २०७९ फागुन १४ गते यो सडक निर्माणका लागि रु चार करोड ४३ लाख ४० हजार पाँच २८ मा ठेक्का सम्झौता गरेको थियो ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?