Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोह लुम्बिनीमा


काठमाडौं। अखिल नेपाल भिक्षु महासङ्घले तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोह आगामी फागुन १९ देखि २२ गतेसम्म लुम्बिनीमा आयोजना गर्ने भएको छ । विश्व शान्ति मानव कल्याणको उद्देश्यले मायादेवी मन्दिर तथा त्यस वरपर क्षेत्रमा बुद्ध धर्मको मूल ग्रन्थका रुपमा स्थापित त्रिपिटक वाचन गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शन, त्रिपिटकको महत्वबारे जानकारी गराउनुका साथै धार्मिक पर्यटनको प्रचारप्रसारका लागि त्रिपिटक बाचन गर्न लागिएको आयोजक समितिका कोषाध्यक्ष भिक्षुपंच मूर्ति महास्थविरले जानकारी दिए। उनका अनुसार नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत एशियाली देशका भिक्षु, धर्मगुरु, अनुयायीको सहभागिता रहने उक्त कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सुत्र पिटक र अभिधर्म पिटकको वाचन हुनेछ ।

त्यस्तै, सुत्रपिटक अन्तर्गतको दीर्घनिकायको बह्रमजालसूत्र, अभिधर्म पिटक वाचन र विनयपिटक वाचन गरिने छ। त्रिपिटक वाचनका क्रममा शान्ति पदयात्राको कार्यक्रम राखिएको छ भने सर्वसाधारणसमेत सहभागी हुनसक्ने गरी कार्यक्रम आयोजना गरिएको छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ ।

ग्रन्थमा बुद्धले बुद्धत्व प्राप्त गर्दादेखि महापरिनिर्वाण हुनुअघिसम्म दिएका धार्मिक उपदेश तथूप्रवचन सङ्कलन गरिएको छ । बुद्धको महापरिनिर्वाणपछि बुद्ध बचनलाई एक सुत्रमा सङ्ग्रह गरिएपछि विभिन्न सम्प्रदायको विकास भएको पाइन्छ ।त्रिपिटक अन्तर्गतका विनयपिटकलाई सुत्तपिटक र अभिधम्म पिटकलाई विभिन्न समयमा विभाजन गरिएको छ ।

विनयपिटक अन्तर्गत सुत्तविभङ्ग, खन्धक, परिवार, पातिमोक्ख छन् भने सुत्तपिटक अन्तर्गत दीघनिकाय, मज्झिम निकाय, संयुक्त निकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय र अभिधम्मपिटक अन्तर्गत धम्मसङ्गणी, विभङ, धातुकथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठानलगायत अध्याय छन् ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?