Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

आफ्नै मृत्युको भ्रम फैलाएकी अभिनेत्री पुनम पाण्डेविरुद्ध मुम्बई प्रहरीमा उजुरी


काठमाडौं। भारतीय अभिनेत्री पुनम पाण्डेका लागि फण्डा नौलो कुरा होइन । सुरुदेखि उनको करिअर फण्डा वरपर घुमिरहेको छ । पछिल्लो फण्डा भने उनी स्वयंका लागि महंगो पर्ने देखिन्छ भने फ्यान, सर्वसाधारण र बलिउडकर्मी उनीप्रति आक्रोशित छन् ।

त्यसैगरी, आफ्नै इन्स्टाग्राम ह्याण्डलबाट आफ्नो मृत्युको भ्रम फैलाएकी पाण्डेले भोलिपल्ट शनिबार आफू जीवितै रहेको खबर पोस्ट गरिन् । यो धेरैका लागि एकैसाथ अचम्भित पार्ने र रिस उठाउने खबर थियो । मृत्युको हल्ला चल्न थालेलगत्तै कतिपयले भने यो फण्डा हुनसक्ने अड्कल काटेका थिए । उनको मृत्यु भएको हो भने शव कहाँ छ भनेर आशंका गरिएको थियो । उनको परिवारका सदस्यको मोबाइल अफ थियो भने कोही सम्पर्कविहीन थिए । यस्तो हुँदा यो कुरा धेरैका लागि रहस्यमय बनिदियो ।

अधिवक्ता काशिल खानले उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको आजतकले जनाएको छ । उनकी म्यानेजर निकिता शर्मा र एजेन्सी हटरफ्लाईविरुद्ध आइपीसी सेक्सन ४१७, ४२०, १२० बी र ३४ अनुसार कारवाही हुनुपर्ने माग उनले गरेका छन् । उनीविरुद्ध सर्वसाधारणको भावनामा चोट पुर्‍याएको र सर्वाइकल क्यान्सरबारे धोखाधडीको आरोप लगाइएको छ भने पुनमको यो कार्य सर्वसाधारणलाई धोखा दिने र झुक्याउने अपराधअनुसार कावाही गर्न उजुरीमा माग गरिएको छ ।

भारतीय सिनेवर्कः एसोसिएसनले पनि पाण्डेविरुद्ध एफआईआर चलाउन भन्दै मुम्बई प्रहरीमा उजुरी दिएको छ । ‘आफ्नो फाइदाका लागि सर्वाइकल क्यान्सरबारे भ्रम फैलाउनु अस्वीकार्य हुन्छ,’ संस्थाले उजुरीमा उल्लेख छ ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?