Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

आफ्नै मृत्युको भ्रम फैलाएकी अभिनेत्री पुनम पाण्डेविरुद्ध मुम्बई प्रहरीमा उजुरी


काठमाडौं। भारतीय अभिनेत्री पुनम पाण्डेका लागि फण्डा नौलो कुरा होइन । सुरुदेखि उनको करिअर फण्डा वरपर घुमिरहेको छ । पछिल्लो फण्डा भने उनी स्वयंका लागि महंगो पर्ने देखिन्छ भने फ्यान, सर्वसाधारण र बलिउडकर्मी उनीप्रति आक्रोशित छन् ।

त्यसैगरी, आफ्नै इन्स्टाग्राम ह्याण्डलबाट आफ्नो मृत्युको भ्रम फैलाएकी पाण्डेले भोलिपल्ट शनिबार आफू जीवितै रहेको खबर पोस्ट गरिन् । यो धेरैका लागि एकैसाथ अचम्भित पार्ने र रिस उठाउने खबर थियो । मृत्युको हल्ला चल्न थालेलगत्तै कतिपयले भने यो फण्डा हुनसक्ने अड्कल काटेका थिए । उनको मृत्यु भएको हो भने शव कहाँ छ भनेर आशंका गरिएको थियो । उनको परिवारका सदस्यको मोबाइल अफ थियो भने कोही सम्पर्कविहीन थिए । यस्तो हुँदा यो कुरा धेरैका लागि रहस्यमय बनिदियो ।

अधिवक्ता काशिल खानले उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको आजतकले जनाएको छ । उनकी म्यानेजर निकिता शर्मा र एजेन्सी हटरफ्लाईविरुद्ध आइपीसी सेक्सन ४१७, ४२०, १२० बी र ३४ अनुसार कारवाही हुनुपर्ने माग उनले गरेका छन् । उनीविरुद्ध सर्वसाधारणको भावनामा चोट पुर्‍याएको र सर्वाइकल क्यान्सरबारे धोखाधडीको आरोप लगाइएको छ भने पुनमको यो कार्य सर्वसाधारणलाई धोखा दिने र झुक्याउने अपराधअनुसार कावाही गर्न उजुरीमा माग गरिएको छ ।

भारतीय सिनेवर्कः एसोसिएसनले पनि पाण्डेविरुद्ध एफआईआर चलाउन भन्दै मुम्बई प्रहरीमा उजुरी दिएको छ । ‘आफ्नो फाइदाका लागि सर्वाइकल क्यान्सरबारे भ्रम फैलाउनु अस्वीकार्य हुन्छ,’ संस्थाले उजुरीमा उल्लेख छ ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?