Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

यू-१९ विश्वकपको सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलिया र भारतले दक्षिण अफ्रिकासँग खेल्ने


काठमाडौं। दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यू-१९ विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार पाकिस्तानले बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित निकालेसँगै सेमिफाइलन समीकरण पूरा भयो।

त्यस्तै, सुपर-६ को समूह-१ बाट भारत र पाकिस्तानले अन्तिम चारमा स्थान पक्का गरे। समूहमा बंगालदेश तेस्रो हुँदा न्युजिल्यान्डलाई हराएको आयरल्यान्ड चौथो भयो । न्युजिल्यान्ड पाँचौँ हुँदा नेपाल अन्तिम स्थानमा रह्यो। नेपालले सुपर-६ मा भारत र बंगालदेशसँगको दुवै खेलमा पराजय भोगेको थियो। सो समूहमा भने नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई हराएपछि सुपर-६ मा स्थान पक्का गरेको थियो।

त्यस्तै, सुपर-६ को समूह-२ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका अन्तिम चारमा पुगेका छन् । समूहमा वेस्ट इन्डिज, इंग्ल्यान्ड, श्रीलंका र जिम्बावे अघि बढ्न सकेनन्। अब सेमिफाइनलमा दक्षिण अफ्रिका र भारत मंगलबार भिड्नेछन्।

बिहीबार अस्ट्रेलिया र पाकिस्तानबीच दोस्रो सेमिफाइनल हुनेछ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?