Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

यू-१९ विश्वकपको सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलिया र भारतले दक्षिण अफ्रिकासँग खेल्ने


काठमाडौं। दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यू-१९ विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार पाकिस्तानले बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित निकालेसँगै सेमिफाइलन समीकरण पूरा भयो।

त्यस्तै, सुपर-६ को समूह-१ बाट भारत र पाकिस्तानले अन्तिम चारमा स्थान पक्का गरे। समूहमा बंगालदेश तेस्रो हुँदा न्युजिल्यान्डलाई हराएको आयरल्यान्ड चौथो भयो । न्युजिल्यान्ड पाँचौँ हुँदा नेपाल अन्तिम स्थानमा रह्यो। नेपालले सुपर-६ मा भारत र बंगालदेशसँगको दुवै खेलमा पराजय भोगेको थियो। सो समूहमा भने नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई हराएपछि सुपर-६ मा स्थान पक्का गरेको थियो।

त्यस्तै, सुपर-६ को समूह-२ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका अन्तिम चारमा पुगेका छन् । समूहमा वेस्ट इन्डिज, इंग्ल्यान्ड, श्रीलंका र जिम्बावे अघि बढ्न सकेनन्। अब सेमिफाइनलमा दक्षिण अफ्रिका र भारत मंगलबार भिड्नेछन्।

बिहीबार अस्ट्रेलिया र पाकिस्तानबीच दोस्रो सेमिफाइनल हुनेछ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?