Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

नेपालगञ्ज मेडिकल कलेज र अपोलो मेडिक्स अस्पतालबीच सहकार्य


राँझा,बाँके। पश्चिम नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न नेपालगञ्ज मेडिकल कलेजले भारतको लखनउस्थित अपोलो मेडिक्स अस्पतालसँग सहकार्य सुरु गरेको छ ।

केही निःशुल्क उपचार सेवा, विभागीय विषयका सेमिनार तथा अस्पतालमा कार्यरत चिकित्सकसँग अन्तक्र्रिया गरी बिरामीको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्न यो सहकार्यले सहजता मिल्ने विश्वास लिएको शिक्षण अस्पताल नेपालगञ्जका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले बताएका छन् ।

“अस्पतालले अपोलो मेडिक्ससँगको सहकार्यमा बिरामीलाई विशेषज्ञ सेवा क्यान्सर रोग, आइभीएफ सेवा, मुटुरोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गर्नेछ”, उहाँले भन्नुभयो, “शिक्षण अस्पताल, नेपालगञ्जमा प्रत्येक शनिबार सञ्चालन हुने ओपिडी सेवा निःशुल्क प्रदान गरिने र अन्य सेवामा सामान्य शुल्क लाग्ने व्यवस्था गरिएको छ ।”

नेपालगञ्ज मेडिकल कलेजले अपोलोसँग अस्पतालमा कार्यरत चिकित्सकसँग अन्तक्रिया गरी चिकित्सा शिक्षामा प्राज्ञिक स्तरोन्नति गरिने सम्झौता गरेको छ भने नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी र चिकित्सकहरूले अपोलो अस्पतालद्वारा आयोजित विभिन्न शैक्षिक कार्यक्रम, फेलोसिप,अन्य प्रशिक्षणमा प्राथमिकता र छुट पाउने जानकारी दिइएको छ ।

उक्त अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले यो सहकार्यले बिरामीले निःशुल्क विशेषज्ञ परामर्श उपचारको सेवा आफ्नै सहरमा पाउने विश्वास लिएको बताए । उनले यस क्षेत्रमै सम्भव नहुने उपचार सेवाका लागि मात्र बिरामीलाई प्रेषण गरिने उल्लेख गरे ।

त्यस्तै, अपोलो मेडिक्स अस्पताल लखनउका प्रबन्ध निर्देशक डा. मयङ्क सोमानीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालसँग सहकार्य गर्न पाउँदा आफूहरू खुसी भएको प्रतिक्रिया दिए। सो टिम मिलेर काम गर्दा बिरामीले गुणस्तरीय सेवा पाउने भन्दै उनले यो सहकार्यलाई फलदायी बनाउन आग्रह समेत गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यो सहकार्यले पश्चिम नेपालका बिरामीले आफ्नै सहरमा सहजरूपमा विशेषज्ञ सेवा पाउने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?