Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार कोष स्थापना


३० फागुन ,पाटन । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले ‘धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार कोष’ स्थापना गरेको छ ।

महासङ्घ ललितपुर शाखाको आज बसेको कार्यसमिति बैठकले संस्थापक अध्यक्ष स्वर्गीय धर्मरत्न शाक्यको नाममा कोष स्थापना गर्ने निर्णय गरेको शाखाका अध्यक्ष सागर न्यौपानेले जानकारी दिए।

“हामीले अहिले रु एक लाख राखेर कोष स्थापना गरेका छौँ, कोषमा रकम थप्दै जाने हाम्रो नीति छ ।” अध्यक्ष न्यौपानेले भने, “संस्थापक अध्यक्षको सम्मानमा क्रियाशील पत्रकारलाई पेशाप्रति हौसला जगाउनका लागि यो पुरस्कार महत्वपूर्ण हुनेछ ।”

महासङ्घ ललितपुर शाखाका संस्थापक अध्यक्ष शाक्यको ८६ वर्षको उमेरमा विसं २०७४ वैशाख २६ गते निधन भएको थियो । उनले विसं २००६ देखि पत्रकारिता गर्दै आएका थिए । शाक्य २०४९ देखि २०५३ सम्म नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा अध्यक्ष थिए ।

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीका अनुसार पुरस्कार कोषलाई व्यवस्थित बनाउन र पुरस्कार प्रदान गर्ने मापदण्ड बनाउनका लागि कार्यसमिति सदस्य करुणाकर मल्लिकलाई जिम्मेवारी दिइएको छ ।“जिल्‍लामा क्रियाशील रहेर १० वर्षदेखि पत्रकारिता गरिरहेका व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गर्ने नीति महासङ्घ ललितपुर शाखाले लिएको छ”, सचिव कार्कीले भने ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?