Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेपाली चिकित्सकको अमेरिकी लाइसेन्सको नतिजा रद्द


काठमाडौं। युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) ले ८ सय नेपाली चिकित्सकहरूको लाइसेन्स परीक्षाको नतिजा रद्द गरेको छ ।

२०२३ मा नेपालबाट परीक्षामा सामेल भएकाहरूको नतिजामा ‘अस्वाभाविक अंक’ देखिएको यूएसएमएलईको ठहर छ । यो निर्णयले नेपालबाट सहभागी ती परीक्षार्थी अन्योलमा परेका छन् । त्यस्तै, परीक्षार्थीमध्ये धेरैले असामान्य रूपमा एकै ढाँचामा उत्कृष्ट नतिजा ल्याएपछि अनुसन्धान थालिएको यूएसएमएलईले जनाएको छ ।

‘जारी अनुसन्धानमा नेपाली परीक्षार्थीले अत्यधिक अंक प्राप्त गर्ने एकै ढाँचा देखियो, जसले उनीहरूले प्राप्त गरेको अंकमाथि नै प्रश्न खडा गर्‍यो,’ बुधबार जारी सूचनामा भनिएको छ, ‘सबै परीक्षार्थीको एउटै ढाँचा देखिनुले परीक्षा अगावै प्रश्नपत्रमाथि अनधिकृत पहुँच थियो भन्ने संकेत गर्छ ।’ यूएसएमएलईले शंकाको घेरामा परेका परीक्षार्थीको नतिजा रद्द गर्दै पुनः परीक्षामा सहभागी हुन सूचित समेत गरेको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?