Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नेपाली चिकित्सकको अमेरिकी लाइसेन्सको नतिजा रद्द


काठमाडौं। युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) ले ८ सय नेपाली चिकित्सकहरूको लाइसेन्स परीक्षाको नतिजा रद्द गरेको छ ।

२०२३ मा नेपालबाट परीक्षामा सामेल भएकाहरूको नतिजामा ‘अस्वाभाविक अंक’ देखिएको यूएसएमएलईको ठहर छ । यो निर्णयले नेपालबाट सहभागी ती परीक्षार्थी अन्योलमा परेका छन् । त्यस्तै, परीक्षार्थीमध्ये धेरैले असामान्य रूपमा एकै ढाँचामा उत्कृष्ट नतिजा ल्याएपछि अनुसन्धान थालिएको यूएसएमएलईले जनाएको छ ।

‘जारी अनुसन्धानमा नेपाली परीक्षार्थीले अत्यधिक अंक प्राप्त गर्ने एकै ढाँचा देखियो, जसले उनीहरूले प्राप्त गरेको अंकमाथि नै प्रश्न खडा गर्‍यो,’ बुधबार जारी सूचनामा भनिएको छ, ‘सबै परीक्षार्थीको एउटै ढाँचा देखिनुले परीक्षा अगावै प्रश्नपत्रमाथि अनधिकृत पहुँच थियो भन्ने संकेत गर्छ ।’ यूएसएमएलईले शंकाको घेरामा परेका परीक्षार्थीको नतिजा रद्द गर्दै पुनः परीक्षामा सहभागी हुन सूचित समेत गरेको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?