Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

भरतपुर निवासी दानवीर पाठकको निधन


चितवन। भरतपुर महानगरपालिका–१२ निवासी दानवीर भीमराज पाठकको निधन भएको छ । उनासी वर्षीय उनको मुटुको रोग र दमका कारण काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा निधन भएको हो ।

धादिङको तत्कालीन राक्सिङ गाविसमा विसं २००१ चैत २२ गते जन्मिएका पाठक विसं २०१७ देखि चितवनमा बसोबास गर्दै आएका थिए । भरतपुरस्थित नेपाल नेत्रज्योति सङ्घमा भीमराज उषामाया पाठक आँखा बैंक स्थापना गर्न आफ्नो जमिन बेचेर उहाँले रु एक करोड ५० लाख सहयोग गरेका थिए । पाठककी श्रीमती उषामायाको यसअघि नै निधन भइसकेको र अन्य सन्तान छैनन् ।

त्यसैगरी क्यान्सर सेवा समाजलाई रु ४५ लाख, नेपाल क्षयरोग निवारण संस्थालाई एम्बुलेन्स खरिदका लागि रु १५ लाख, हिमालय मा.वि, सिद्धिविनायक माविलगायत विद्यालय र सङ्घ संस्थालाई पाठकले सक्दो दान गर्दै आएका थिए ।

उनको आज बिहान देवघाटमा अन्त्येष्टि गरिँदै छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?