Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका छ: उपप्रमुख डङ्गोल


काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।
नेपाल प्रहरी श्रीमती सङ्घले काठमाडौं जिल्लाभित्रका सामुदायिक विद्यालयअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको बाल प्रतिभालाई उजागर गर्ने उदेश्यले आज आयोजना गरेको ‘शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिका’ विषयक कार्यक्रममा डङ्गोलले अपराध नियन्त्रणमा प्रहरीको भूमिका सराहनीय रहेको बताइन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले समाजसेवा तथा शिक्षालाई जोडेर श्रीमती सङ्घले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। उनले प्रहरीमा आमजनताको आकर्षण कसरी बढाउने भन्नेबारे वतृत्वकलामा छलफल हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले सामाजिक क्षेत्रमा क्रियाशील सङ्घले पहिलोपटक वतृत्वकला गरेको भन्दै खुसी व्यक्त गरेकाछन् । उक्त वतृत्वकलामा काठमाडौंभित्रका सामुदायिक विद्यालय र नेपाल प्रहरी विद्यालयमा अध्ययनरत २६ जना छात्रछात्राले भाग लिएका छन् ।
सो वतृत्वकलामा प्रथम हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु सात हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगदसहित सम्मान गरिने श्रीमती सङ्घले जनाएको छ ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?