Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

तनहुँको म्याग्दे गाउँपालिकाले समुदायमै पुगेर मिर्गौला परीक्षण


दमौली,तनहुँ। नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ ।

त्यस्तै, मिर्गौला बचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गौला केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सूर्य नेपाल प्रालिको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको छ भने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाका नागरिकलाई स्वस्थ बनाउनका लागि निःशुल्करुपमा मिर्गौला परीक्षण गरिएको बताए ।

सर्वसाधारणलाई मिर्गौला सम्बन्धि सचेत गराउन समुदायस्तरमै पुगेर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । निःशुल्क शिविरमा तीन सय ५५ जनाको मिर्गौला परीक्षण गरिएको छ । म्याग्दे–७ स्वामिधारमा आयोजित उक्त शिविरमा दुई सय २७ महिला र एक सय २८ पुरुषको मिर्गौला परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिए ।

‘स्वास्थ्य मिगौला, समृद्ध म्याग्दे गाँउपालिका’ नाराका साथ सुरु गरिएको उक्त शिविर यही माघ २३ गतेसम्म चल्नेछ । उक्त गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गरिने उनले बताएका छन् ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?