Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

प्रत्यारोपण केन्द्रमा १२ सय वटा सफल मिर्गौला प्रत्यारोपण


नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ११ वर्ष अवधिमा १२०० वटा सफल मिर्गौला प्रत्यारोपण गरी इतिहास रच्न सफल भएको छ ।

यति छोटो अवधिमा यो सफलता हाँसिल गर्न केन्द्रका कार्यकारी निर्देशक साथै कलेजो तथा मिर्गौला प्रत्यारोपणविद् डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वदायी भूमिका र केन्द्रका सम्पूर्ण कर्मचारीहरूको अथक मेहनत र लगनशीलताले संभव भएको कुरा प्रत्यारोपण केन्द्रले जनाएको छ ।

नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सातवटै प्रदेशमा प्रत्यारोपण तथा डाइलाइसिस सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

त्यस्तै, आफ्नो नाममा एक इन्च पनि कुनै जग्गा र भवन नभएको यस केन्द्रले नेपालको प्रत्यारोपणको ८० प्रतिशत हिस्सा ओगटेको छ । स्थापनाको ११ वर्षमा १२०० वटा मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ गरेको केन्द्रले २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोपण गरी सकेको छ।

आगामी साता थप २ जानाको कलेजो प्रत्यारोपण गर्ने तयारी पुरा गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताएका छन् ।

 


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?