Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

झारखण्डमा चम्पाई सोरेन नयाँ मुख्यमन्त्री बन्दै, आजै शपथ


काठमाडौं। भारतको झारखण्ड राज्यमा फेरि झारखण्ड मुक्ति मोर्चाकै सरकार बन्ने भएको छ ।भ्रष्टाचारको आरोप लागेपछि तत्कालीन मुख्यमन्त्री हेमन्त सोरेनले बुधबार राति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि कांग्रेस–झारखण्ड मुक्ति मोर्चा गठबन्धनले मोर्चाकै नेता चम्पाई सोरेनलाई नयाँ मुख्यमन्त्रीका लागि अघि सारेको थियो ।

त्यसैगरी, बहुमत विधायकहरूको समर्थन देखाएपछि राज्यपाल सीपी राधाकृष्णनले सोरेनलाई नयाँ सरकार गठनका लागि आमन्त्रित गरेका छन् । चम्पाई सोरेनले शुक्रबारै मुख्यमन्त्रीको शपथ लिँदै छन् भने सोरेनले अबको १० दिनभित्र सदनमा बहुमत प्रमाणित गर्नुपर्ने सांसद आलमगीर आलमले जानकारी दिए ।

सोरेनले ४३ सांसदको समर्थनमा आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप लागेपछि तत्कालीन मुख्यमन्त्री हेमन्त सोरेन बुधबार राति पक्राउ परेका थिए । लगत्तै उनले पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै, ८१ सदस्यीय विधानसभामा सबैभन्दा ठूलो दल झारखण्ड मुक्ति मोर्चाका २९ सांसद छन भने दोस्रो दल भाजपाको २६ सांसद छन् । तर अर्को दल कांग्रेसले समर्थन गरेपछि झारखण्ड मुक्ति मोर्चाले सरकार चलाउने मौका लिँदै आएको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?