Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

झारखण्डमा चम्पाई सोरेन नयाँ मुख्यमन्त्री बन्दै, आजै शपथ


काठमाडौं। भारतको झारखण्ड राज्यमा फेरि झारखण्ड मुक्ति मोर्चाकै सरकार बन्ने भएको छ ।भ्रष्टाचारको आरोप लागेपछि तत्कालीन मुख्यमन्त्री हेमन्त सोरेनले बुधबार राति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि कांग्रेस–झारखण्ड मुक्ति मोर्चा गठबन्धनले मोर्चाकै नेता चम्पाई सोरेनलाई नयाँ मुख्यमन्त्रीका लागि अघि सारेको थियो ।

त्यसैगरी, बहुमत विधायकहरूको समर्थन देखाएपछि राज्यपाल सीपी राधाकृष्णनले सोरेनलाई नयाँ सरकार गठनका लागि आमन्त्रित गरेका छन् । चम्पाई सोरेनले शुक्रबारै मुख्यमन्त्रीको शपथ लिँदै छन् भने सोरेनले अबको १० दिनभित्र सदनमा बहुमत प्रमाणित गर्नुपर्ने सांसद आलमगीर आलमले जानकारी दिए ।

सोरेनले ४३ सांसदको समर्थनमा आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप लागेपछि तत्कालीन मुख्यमन्त्री हेमन्त सोरेन बुधबार राति पक्राउ परेका थिए । लगत्तै उनले पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै, ८१ सदस्यीय विधानसभामा सबैभन्दा ठूलो दल झारखण्ड मुक्ति मोर्चाका २९ सांसद छन भने दोस्रो दल भाजपाको २६ सांसद छन् । तर अर्को दल कांग्रेसले समर्थन गरेपछि झारखण्ड मुक्ति मोर्चाले सरकार चलाउने मौका लिँदै आएको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?