Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

बन्धकहरूलाई रिहा गर्न सहमत छैन हमास


काठमाडौं। इजरायल-हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाईका लागि हमासले सहमति जनाएको छैन । बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ भने वार्तामा कतार, इजिप्ट र अमेरिका समेत संलग्न छन् ।

हालै वार्तामा संलग्न कतारले हमासले बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको घोषणा गरेको थियो, तर लेबनानी मिडिया हाउसले भने हमासले अहिलेसम्म सम्झौताको विषयमा कुनै टिप्पणी नगरेको जनाएको छ । यसअघि नोभेम्बरमा इजरायल र हमासबीच युद्धबिराम हुँदा हमासले १०५ बन्धकलाई रिहा गरेको थियो । जसमा ८१ इजरायली, २३ थाई नागरिक र एक फिलिपिनो थिए । १३० जनाभन्दा बढी मानिसहरू अझै पनि हमासको कब्जामा रहेका छन् ।

त्यस्तै, प्यालेस्टाइनी श्रोतलाई उदृत गरिएअनुसार हमासले अहिले कुनै सहमति दिएको छैन भने इजरायली सञ्चारमाध्यमले पनि लेबनानी सञ्चारमाध्यमबाट यो खबर सार्वजनिक गरेका छन् । लेबनानी सञ्चारमाध्यमका अनुसार कतारको बयान हतारमा र गलत तरिकाले दिइएको थियो भने हालसम्म हमासको नेतृत्वले सम्झौताबारे कुनै निर्णय गरेको छैन ।

लेबनानी मिडिया रिपोर्टहरूले दाबी गरेका छन् कि इजरायली मिडियाले जानाजानी सम्झौतालाई अन्तिम रूप दिने कुरा फैलाएको छ ताकि सरकारलाई दबाब दिइरहेका बन्धकहरूको परिवारलाई शान्त राख्न सकियोस्, तर त्यसबारे हमासले कुनै स्वीकार गरेको छैन । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले भर्खरै एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौतालाई इजरायलले अनुमोदन गरिसकेको बताएका छन् । हमासबाट समेत प्रारम्भिक सकारात्मक प्रतिक्रिया रहेको उनको दाबी थियो ।

हमासले भने इजरायलले समाचार चुहावट गरेको आरोप लगाएको छ । ‘सबै तयारी पूरा भएपछि हामी सम्झौताको जवाफ दिनेछौँ, तर अहिलेसम्म हामीले केही टुंग्याउन सकेका छैनौँ न त कुनै सहमति नै भएको छ,’ हमासलाई उदृत गर्दै समाचार संस्थाहरूले भनेका छन् ।

 


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?