Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

बन्धकहरूलाई रिहा गर्न सहमत छैन हमास


काठमाडौं। इजरायल-हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाईका लागि हमासले सहमति जनाएको छैन । बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ भने वार्तामा कतार, इजिप्ट र अमेरिका समेत संलग्न छन् ।

हालै वार्तामा संलग्न कतारले हमासले बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको घोषणा गरेको थियो, तर लेबनानी मिडिया हाउसले भने हमासले अहिलेसम्म सम्झौताको विषयमा कुनै टिप्पणी नगरेको जनाएको छ । यसअघि नोभेम्बरमा इजरायल र हमासबीच युद्धबिराम हुँदा हमासले १०५ बन्धकलाई रिहा गरेको थियो । जसमा ८१ इजरायली, २३ थाई नागरिक र एक फिलिपिनो थिए । १३० जनाभन्दा बढी मानिसहरू अझै पनि हमासको कब्जामा रहेका छन् ।

त्यस्तै, प्यालेस्टाइनी श्रोतलाई उदृत गरिएअनुसार हमासले अहिले कुनै सहमति दिएको छैन भने इजरायली सञ्चारमाध्यमले पनि लेबनानी सञ्चारमाध्यमबाट यो खबर सार्वजनिक गरेका छन् । लेबनानी सञ्चारमाध्यमका अनुसार कतारको बयान हतारमा र गलत तरिकाले दिइएको थियो भने हालसम्म हमासको नेतृत्वले सम्झौताबारे कुनै निर्णय गरेको छैन ।

लेबनानी मिडिया रिपोर्टहरूले दाबी गरेका छन् कि इजरायली मिडियाले जानाजानी सम्झौतालाई अन्तिम रूप दिने कुरा फैलाएको छ ताकि सरकारलाई दबाब दिइरहेका बन्धकहरूको परिवारलाई शान्त राख्न सकियोस्, तर त्यसबारे हमासले कुनै स्वीकार गरेको छैन । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले भर्खरै एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौतालाई इजरायलले अनुमोदन गरिसकेको बताएका छन् । हमासबाट समेत प्रारम्भिक सकारात्मक प्रतिक्रिया रहेको उनको दाबी थियो ।

हमासले भने इजरायलले समाचार चुहावट गरेको आरोप लगाएको छ । ‘सबै तयारी पूरा भएपछि हामी सम्झौताको जवाफ दिनेछौँ, तर अहिलेसम्म हामीले केही टुंग्याउन सकेका छैनौँ न त कुनै सहमति नै भएको छ,’ हमासलाई उदृत गर्दै समाचार संस्थाहरूले भनेका छन् ।

 


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?