Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

न्यायाधीश मरासेनीको निधनमा सर्वोच्चद्वारा दुःख व्यक्त


काठमाडौं। सर्वोच्च अदालतले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोट) ले उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधनमा उच्च अदालत पाटन, हेटौँडा इजलास तथा ती मातहतका जिल्ला अदालत शोक बिदाका रूपमा बन्द रहने निर्णय गरेको छ ।

“न्यायाधीश मरासेनीको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ”, पूर्ण बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

न्यायाधीश मरासेनीको मङ्गलबार बिहान हृदयघातका कारण निधन भएको थियो । उनी न्यायाधीशका रूपमा सेवारत रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न एवं न्याय र कानुनको क्षेत्रको विकासका लागि पु¥याउनु भएको योगदान अतुलनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

विसं २०२४ जेठ २८ गते स्याङ्जामा जन्मिएका न्यायाधीश मरासेनीले २०५० साउन १ गतेदेखि नेपाल न्याय सेवामा शाखा अधिकृतको पदबाट सेवा प्रारम्भ गरेका थिए । उनी २०७० जेठ २७ गते जिल्ला न्यायाधीश पदमा नियुक्त भएका थिए भने २०८० पुस १९ गते उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका थिए ।

उनको मङ्गलबार साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?