Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

गुल्मीमा प्रशासनद्वारा औषधि पसल ‘सिल’


गुल्मी। गुल्मीको एक औषधि पसललाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । सदरमुकाम तम्घासमा नियम विपरीत सञ्चालन गरेको भन्दै सम्पन्न आयुर्वेद पसलमा प्रशासनले सिल गरेको हो ।

त्यस्तै, नियम विपरीत औषधि पसल सञ्चालन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय गुल्मीले सम्पन्न आयुर्वेद औषधि पसलमा सिल गरेको हो । उक्त जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले उक्त औषधि पसलको अनुगमन गर्ने क्रममा नियम विपरीत पसल सञ्चालन गरेको प्रमाण भेटिएपछि पसलमा सिल गरिएको हो । विगत केही वर्षदेखि जिल्लाको सदरमुकाम तम्घास बजारमा सम्पन्न आयुर्वेद नामबाट उक्त पसल सञ्चालनमा आएको थियो ।

आयुर्वेद औषधि पसलले नियम विपरीत प्रयोगशाला सेवा सञ्चालन गरी औषधि बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रशासनले गरेको अनुगमनका क्रममा मापदण्ड विपरीत पसल सञ्चालन गरेको भेटिएपछि आयुर्वेद पसल सिल गरी अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

त्यसेगरी, प्रशासकीय अधिकृत घर्तीका अनुसार सम्पन्न आयुर्वेद पसलले सञ्चालन गरेको प्रयोगशाला सम्बन्धित निकायमा दर्ता नगरेको, एलोपेथी र होमियोपेथी दुवै औषधि बिक्री गर्दै आएको, औषधिको खुल्ला बिक्री एवं बिरामीको जाँच गरेको भेटिएको बताइएको छ भने उक्त पसल सफल होमियो फार्मेसी र सम्पन्न आयुर्वेद औषधालयको नामबाट एकै ठाँउबाट सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?