Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

गुल्मीमा प्रशासनद्वारा औषधि पसल ‘सिल’


गुल्मी। गुल्मीको एक औषधि पसललाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । सदरमुकाम तम्घासमा नियम विपरीत सञ्चालन गरेको भन्दै सम्पन्न आयुर्वेद पसलमा प्रशासनले सिल गरेको हो ।

त्यस्तै, नियम विपरीत औषधि पसल सञ्चालन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय गुल्मीले सम्पन्न आयुर्वेद औषधि पसलमा सिल गरेको हो । उक्त जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले उक्त औषधि पसलको अनुगमन गर्ने क्रममा नियम विपरीत पसल सञ्चालन गरेको प्रमाण भेटिएपछि पसलमा सिल गरिएको हो । विगत केही वर्षदेखि जिल्लाको सदरमुकाम तम्घास बजारमा सम्पन्न आयुर्वेद नामबाट उक्त पसल सञ्चालनमा आएको थियो ।

आयुर्वेद औषधि पसलले नियम विपरीत प्रयोगशाला सेवा सञ्चालन गरी औषधि बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रशासनले गरेको अनुगमनका क्रममा मापदण्ड विपरीत पसल सञ्चालन गरेको भेटिएपछि आयुर्वेद पसल सिल गरी अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

त्यसेगरी, प्रशासकीय अधिकृत घर्तीका अनुसार सम्पन्न आयुर्वेद पसलले सञ्चालन गरेको प्रयोगशाला सम्बन्धित निकायमा दर्ता नगरेको, एलोपेथी र होमियोपेथी दुवै औषधि बिक्री गर्दै आएको, औषधिको खुल्ला बिक्री एवं बिरामीको जाँच गरेको भेटिएको बताइएको छ भने उक्त पसल सफल होमियो फार्मेसी र सम्पन्न आयुर्वेद औषधालयको नामबाट एकै ठाँउबाट सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?