Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

गण्डकीलाई हराउँदै पुलिस क्लब फाइनलमा


काठमाडौं। नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । लगातार सातौँ जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

उक्त जितको लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । पुलिसको जितमा दीलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए भने कुशल भुर्तेल ६ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।

त्यस्तै, अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्कासहित ४४ रनमा नट आउट रहे । आरिफ शेख २२ बलमा ५ चौकासहित २७ रनमा नट आउट रहे । गण्डकीका सन्दीप पराजुलीले ६.२ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने विपिन खत्री र कमल परियारले १–१ विकेट लिए ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८.३ ओभरमा १७० रनमा अल आउट भएको थियो भने गण्डकीका अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । कमल परियारले २६ बलमा ३ चौका र २ छक्कासहित ३०, समिर कँडेल २९ र करन पँगेनीले ३० रन बनाए ।

आर्मी ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंककासाथ चौथो स्थानमा छ । १० टोली सहभागी प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पुलिसले दोस्रो स्थानमा रहने टोलीसँग फाइनल खेल्नेछ । दोस्रो स्थानको लागि आर्मीको सबैभन्दा बलियो सम्भावना छ ।

त्यसैगरी, पुलिसको जितमा तीव्र गतिका बलर राशिद खानले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए भने ललित राजवंशी र करण केसीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

पुलिस ७ खेलमा १४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । बागमती ९ खेलमा ६ मा जित र ३ मा हारसहित दोस्रो स्थानमा छ । मधेश ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?