Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लुम्बिनीमा मोन्लाम पूजा


लुम्बिनी। बुद्धको जन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामना सहित गरिएको महागुरु भूम्छोक एवं मोन्लाम पूजा सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक एवं प्राणीधान मोन्लाम पूजा आयोजना गरिएको हो ।

उक्त पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगत्को भलाइका लागि प्राथना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताइका छन् । उनले लुम्बिनीमा धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु र आनीको उपस्थितिमा भूम्छोक र मोन्लाम गरिएको बताए ।

त्यसैगरी, महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष लामासहित प्रथम खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेलगायत सहभागी भएका थिए ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?