Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

काठमाडौं महानगरमा पैदल मार्ग सुधार योजनाको अनुगमन


काठमाडौं। सडक किनारालाई पैदल यात्रीमैत्री बनाउन विकास साझेदारले बनाएका पूर्वाधारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ । बिजुलीका पोल, खानेपानीका पाइप, ढल निकासको मंगाल पैदल मार्गको बिचमै भएका कारण ब्लक राख्न नमिल्नु यस्का केही उदाहरण हुन् ।

शनिवार उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराईसहित योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीसहित सिनामंगल क्षेत्रमा अनुगमन गर्दा यस्तो अवस्था पाइएको हो ।

‘सहरलाई हिँड्ने संस्कृतिले चलायमान बनाउँछ । सवारी साधन सबैले प्रयोग गर्न नसक्न सक्छन् तर, पैदल मार्गमा सबैले हिँड्नु पर्छ । यसका लागि पैदल मार्गलाई सहज र पहुँचयुक्त बनाउने पर्नेछ ।’ उपप्रमुख डंगोलले भनिन्, ‘हामी लगानी गरिरहेका छौँ । सहरी सुविधा वितरणका लागि पूर्वाधार बनाउने अन्य निकायका संरचनाले पैदल मार्गमा बाधा सिर्जना गरेका छन् ।

त्यस्तै, अनुगमनका क्रममा तीनकुनेदेखि उत्तर गौशालासम्म चक्रपथ पश्चिमतर्फको २ किलोमिटर र सिनामंगल चोकदेखि पश्चिम भीमसेनगोला पुलसम्म ५ सय मिटर दुई तर्फ फुटपाथ निर्माण कार्य हेरिएको थियो भने निर्माण थालनी हुँदै गरेको, निर्माण भइरहेको र सम्पन्न भएको सडक खण्डमा प्रयोग गरिएका निर्माण सामग्री, निर्माण विधि तथा तोकिएको मापदण्डको पालनालाई सूचक बनाएर अवस्था जाँच गरिएको थियो । अनुगमनका क्रममा आयोगका उपाध्यक्ष डा। राजभण्डारीले पैदल मार्गबाट दृष्टिविहीन व्यक्ति सजिलै गन्तव्यमा पुगुन् भन्ने रहेको बताए ।

उक्त सडक खण्डमा पहिले षट्कोण ब्लक राखिएको थियो । ठाउँ ठाउँमा ब्लक फुटेको, भासिएको, उप्किएका कारण हिँड्न कठिन थियो । यसलाई सुधार गर्दै मल्टिकलर ब्लक राखेर सुन्दर बनाइँदै छ । यति प्रयास गर्दा पनि कतिपय ठाउँमा व्हील चेयर गुडाउन सक्ने वातावरण बन्न सकेको छैन । बिजुली, खानेपानी, ढल निकास जस्ता संरचना बनाउँदा छुट्टाछुट्टै योजनाबाट काम भएकोले चौडाइ नपुगेर, पोल, खम्बा तथा मंगालजस्ता संरचना एकै ठाउँमा परेर यस्तो भएको हो । यस्ता साँघुरा ठाउँमा सम्भव भएसम्मका संरचना काटेर चौडाइ पु(याउने प्रयत्न गरिएको छ ।

फुटपाथको लम्बाइ ३ किलोमिटर छ । उक्त आयोजना निर्माणका लागि भ्याटसहित ६ करोड ५७ लाख रुपैयाँमा सम्झौता भएको छ । अनुगमनका क्रममा चौडाइ कम देखिएको १४ ठाउँमा र विभिन्न ७ ठाउँमा छापिएका ब्लक उप्काएर बेसको मोटाइ मिटर जाँच गरिएको थियो भने तीनकुने गौशाला चक्रपथ चार लेनको सडक भएको र सिनामंगलदेखि भीमसेनगोला पुलसम्मको सडक दुई लेनको छ । दुई लेनको दायाँबायाँ बस्ती र बजार छ ।

अनुगमन गरिएको खण्डका ४ ठाउँमा सडकको बिचमै बिजुलीका पोल भेटिए । ढलको मंगाल भएका कारण १२ ठाउँमा ब्लक राख्न नमिल्ने अवस्था छ । ब्लक राख्ने क्रममा २ ठाउँमा डट ब्लक हाल्नुपर्ने ठाउँमा लेन ब्लक हालेको देखियो । त्यस्तै ४ ठाउँमा उपयुक्त विधिबाट डट ब्लक नराखेको देखियो ।

त्यस्तै, १० ठाउँमा घरधनीले स्लोप संरचना बनाएर सडक किनारासम्मका लगेको भेटियो । १ ठाउँमा खानेपानीको पाइप सडकमै देखियो । यस्ता संरचनाले पैदल यात्रुलाई ठेस लाग्ने, ठोकिने खतरा छ । फुटपाथको सतहभन्दा निकै तल घर संरचना रहेका ५ ठाउँमा पैदलयात्री खस्न सक्ने जोखिम देखिएको छ । रेलिङका रूपमा प्रयोग गरिएका फलामे डन्डी हल्लिएको अवस्थामा छन् ।

दुईतर्फी १ किलोमिटर सडक पेटीको ३५ ठाउँमा व्यक्तिगत घर संरचनाका कारण २ मिटर चौडाइ पुग्न सकेको छैन । अनुगमन गरिएको ठाउँमा हेर्दा करिब २० प्रतिशत ठाउँमा चौडाइ कम हुने देखिएको छ । यस्ता संरचनालाई बलियो जडान गर्न टोलीले निर्देशन दिएको छ ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?