Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन माओवादीको निर्देशन


काठमाडौं। नेकपा माओवादी केन्द्र सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ । त्यस्तै, शनिबार बसेको प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो।

संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको उक्त बैठकले दलको नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो। भट्टलाई हटाएर धामीलाई दलको नेता चयन गरेपछि माओवादी पार्टीमा किचलो बढेको छ।

संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कल बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ । गत शुक्रबार प्रदेश संसदीय दलको नेता रहेका खगराज भट्टलाई दलको नेताबाट हटाएको थियो।

 

 


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?