Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

विदेश लैजाने बहानामा लाखौ ठगेर फरार


दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ का मुकेश सापकोटा नेपाली युवा युवतीलाई वैदेशिक रोजगारीको बहानामा ठगी गरेर फरार भएका छन् ।हाल दुवै रहेको बताउने सापकोटाले झापाका निर्मल तामाङ्ग सहित १५ जना बढीबाट भण्डै ५० लाख ठगी गरेको पिडितहरुले बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ११ स्थायी ठेगाना भएका सापकोटा परिवार सहित नवलपरासीमा बस्ने भएता पनि उनको परिवार हाल भारतमा रहेको शुक्लागण्डकी नगरपालिका – ११ वडा कार्यालयले जानकारी दिएको छ ।

२७ बर्षीय सापकोटाले विभिन्न देश लैजाने प्रलोभन देखाएर प्रतिव्यक्ति दुई लाख ५० हजार देखि १२ लाख सम्म असुल गरेको पिडित तामाङ्गले जानकारी दिए । उनीविरुद्ध ठगी आरोपमा जाहेरी परेपनि फरार रहदै आएको पाइएको छ ।

शुक्लागण्डकी नगरपालिका ११ का वडाध्यक्ष शालिकराम भट्टराईले सापकोटाको ठगी धन्दा बारे वडामा समेत जानकारी भएको बताउदै उनी नेपालमै रहेको समेत जानकारी दिए । ‘मान्छे त्यस्तै प्रकारको छ भन्ने थाहा भयो, केही दिन अघिसम्म यहीँ फिर्दीतिर देखिएको भन्ने समेत जानकारी पाएको थिएँ ।’ वडाध्यक्ष भट्टराईले भने । उनी विरुद्ध पक्राउ पुर्जा जारी भएपनि पिडीत र प्रहरीबाट लुक्दै आएको पाइएको छ ।


प्रकाशित मिति: १३ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?