Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

तारर्केश्वरमा आर्थिक गतिविधि बढ्नेछ: अर्थमन्त्री डा. महत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तारकेश्वर क्षेत्रमा धार्मिक पर्यटकको आगमनले आर्थिक गतिविधि बढ्ने बताउनु भएको छ । बिहीबार तारकेश्वर नगरपालिकास्थित पौराणिक तारकेश्वर महादेव मन्दिर शिव महापुराण विराट ज्ञान महायज्ञको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘बाटोघाटोले पूर्णता पाउने वित्तिकै रमणीय डाँडामा अवस्थित धार्मिक पर्यटन मात्र नभएर अन्य पर्यटन व्यवसाय विस्तार हुन्छ । यसले यस क्षेत्रमा रोजगारी सिर्जना गर्छ । बाटो घाटो सुरक्षित र ठूलो बनेपछि धेरै ठूलो संख्यामा तार्केश्वर महादेवको दर्शन गर्न आउने छन् । यसले यहाँको आर्थिक गतिविधि बढाउँछ ।’

‘हाम्रो सनातन धर्म संस्कृति समृद्ध छ । यसलाई हामीले हजारौं वर्षदेखि अभ्यास गर्दै आएका छौं । यसमा विज्ञान छ, एउटा समय थियो, जुन बेला आर्थिक पछौटेपनबाट हामी गुज्रिऔं, यो पछौटेपनको मूल कारक धर्म संस्कृति हो भनेर ब्याख्या गर्न थाल्यौं’ मन्त्री डा. महतले भन्नुभयो, ‘अरु देशमा आर्थिक विकास भयो, उनीहरुको धर्म संस्कृति र सभ्यता उच्च कोटीको रहेछ, हाम्रो चाहिँ खराब रहेछ भन्ने मान्यता विकसित हुन थाल्यो । जसले गर्दा आफ्नो धर्म संस्कृतिप्रति लघुताभाष राख्ने र त्यसलाई हेयभाव ले हेर्ने चरणबाट हामी गुज्रिऔं ।’

पश्चिमा देशमा अहिले आर्थिक समृद्धि त छ, तर आध्यत्मा कमजोर भइरहेको उहाँले बताउनुभयो । मन्त्री डा. महतले भन्नुभयो, ‘ठूला उद्योग व्यवसायी, लेखक र चिन्तकहरु पूर्वीय सभ्यता खोज्छन् । यहाँ आएर कसरी शान्ति प्राप्त गर्ने भनेर लागेका छन् । ध्यान, योगा, धर्म संस्कृतिको अध्ययन मात्र होइन, त्यसलाई अपनाउन थालेका छन् ।’

उहाँले भन्नुभयो, ‘पश्चिमा देशमा आर्थिक समृद्धि त भयो, तर मनमा शान्ति छैन । सबै चिज छ, तर सुख छैन । हाम्रो राम्रो घर छैन, राम्रो बाटो छैन भनेर हामी पश्चिमी देशको पछाडि हामी दौडिन थाल्यौं । हाम्रा युवाहरु त्यत्ति दौडिरहेका छन् ।’

‘उनीहरु शान्तिको खोजीमा यता आइरहेका छन्, हामी चाहिँ अभावमा पनि खुशी हुन्थ्यौं, मिलेर बस्थ्यौं, परिवारमा रहन्थ्यौं । एकअर्कालाई सहयोग गथ्र्यौ । अब चाहिँ सुख सुविधा चाहियो भनेर पश्चिमा देशतिर दौडियौं । आफ्नो राम्रो कुरा छोड्न थाल्यौं’ मन्त्री डा. महतले भन्नुभयो, ‘हामीले आफ्नो भएको राम्रो र बलियो पक्षलाई छोड्नु भएन । आर्थिक समृद्धि पनि खोज्ने, यसले हामीलाई बाहिरी आवश्यकता पूर्ति गर्छ ।’


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?