Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

राष्ट्रियसभा निर्वाचनः बागमतीमा मतदान सकियो, पाँच अनुपस्थित


मनहरि,मकवानपुर। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान प्रक्रिया सकिएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा आज भएको मतदान प्रक्रिया सकिएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताएका छन् ।

त्यसैगरी, पाँच जनाले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत सञ्जेलले बताए । उक्त प्रदेशसभा सदस्य दुई र स्थानीय तहका तीन जनाले मतदान नगरेको उनले बताएका छन् ।

स्थानीय तहतर्फ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, काभ्रेको चौँरीदेउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर तामाङ र नुवाकोटका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङले मतदान गरेनन् ।

त्यसैगरी हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यद्धय शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गी पनि मतदानमा अनुपस्थित भए । बागमती प्रदेशमा चार सिटका लागि छ दलका १५ जनाको उम्मेदवारी रहेको छ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?