Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सुदूरपश्चिममा प्रदेश सभा सदस्यहरूको मतदान सकियो


काठमाडौं। सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्यहरूको मतदान सकिएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् ।

उनीहरू सबैले मतदान गरेको मतदान केन्द्रले जनाएको छ । उक्त केन्द्रका अनुसार सबैभन्दा पहिले माओवादी केन्द्रका सांसद ओमविक्रम भाट ‘सरल’ र अन्तिममा नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीले मतदान गरेका थिए ।

त्यस्तै, अर्को मतदान केन्द्रमा अहिले पनि मतदान जारी छ । त्यहाँ तीन जनाले मतदान गर्न बाँकी रहेको छ । यहाँ ५२ जना प्रदेश सभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २२७ जना मतदाता रहेका छन् ।

सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक क्लस्टरतर्फ कांग्रेसकै नारायणदत्त भट्ट र महिला क्लस्टरतर्फ माओवादीकी रेणु चन्द उम्मेदवार छन् । एमालेले भने अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?