Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सुदूरपश्चिममा प्रदेश सभा सदस्यहरूको मतदान सकियो


काठमाडौं। सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्यहरूको मतदान सकिएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् ।

उनीहरू सबैले मतदान गरेको मतदान केन्द्रले जनाएको छ । उक्त केन्द्रका अनुसार सबैभन्दा पहिले माओवादी केन्द्रका सांसद ओमविक्रम भाट ‘सरल’ र अन्तिममा नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीले मतदान गरेका थिए ।

त्यस्तै, अर्को मतदान केन्द्रमा अहिले पनि मतदान जारी छ । त्यहाँ तीन जनाले मतदान गर्न बाँकी रहेको छ । यहाँ ५२ जना प्रदेश सभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २२७ जना मतदाता रहेका छन् ।

सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक क्लस्टरतर्फ कांग्रेसकै नारायणदत्त भट्ट र महिला क्लस्टरतर्फ माओवादीकी रेणु चन्द उम्मेदवार छन् । एमालेले भने अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?