Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

राष्ट्रियसभा सदस्यका लागि जनकपुरधाममा मतदान जारी


धनुषा। राष्ट्रियसभाको १९ सिटका लागि आज मतदान जारी छ । विसं २०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिने छ भने अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको हो । अर्का एकजना मनोनित हुनेछन् ।

त्यस्तै, सातवटै प्रदेशमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका लागि जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि मतदान जारी छ । मधेस प्रदेशमा अन्य र महिला समूहतर्फ दुई राष्ट्रियसभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना अन्य समूह र महिलातर्फ जसपाकी पूजा चौधरीको उम्मेदवारी परेको छ । ढुङ्गाना धनुषाका हुन् भने चौधरी रौतहटका हुन् । एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीको उम्मेदवारी परेको छ । झा धनुषाकी हुन् भने थरुनी पर्साकी हुन् । जनमत पार्टीले मधेस प्रदेशमा अन्य समूहमा रामशङ्कर महासेठको उम्मेदवारी छ । उक्त मधेस प्रदेशमा प्रदेशसभाका एक सय सात र पालिका प्रमुख र उपप्रमुख गरी दुई सय ६७ मतदाता रहेका छन् ।

उक्त पालिका प्रमुख–उपप्रमुखको कुल मतभार पाँच हजार ५३ र प्रदेश सांसदको कुल मतभार पाँच हजार छ सय ७१ गरी जम्मा १० हजार सात सय २४ मतभार छ भने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मतदानस्थल रहेको जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्र नजिकको क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन्।

उक्त निर्वाचनको नतिजा तीन–चार घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?