Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री कपमा कोशी प्रदेशको लगातार आठौँ हार


काठमाडौं। राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार आठौँ हार बेहोर्नु परेको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कोशी प्रदेश आठौँ खेलमा सुदूरपश्चिमसँग आठ विकेटले पराजित भएको हो।

कोशीले दिएको १२४ रनको लक्ष्य सुदूरपश्चिमले २१.१ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमका लागि नरेन भट्टले अर्धशतक प्रहार गरे। उनले ४९ बलमा ५४ रन बनाए । त्यस्तै, प्रकाश पाण्डेले ३४, राजु रिजालले २१ र खडक बोहराले नौ रन बनाए ।

कोशीका लागि फिर्दोष अन्सारीले दुई विकेट लिए। कम स्कोरको खेलमा कोशीका अन्य बलरले विकेट लिन सकेनन् । यसअघि ब्याटिङ गरेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो। कोशीका लागि मीनश थापाले २६, अङ्कित सुवेदीले २२, कमल खत्रीले १८ र फिर्दोष अन्सारीले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि शेर मल्लले पाँच र विकास आग्रीले चार विकेट लिए। मल्लले ६ ओभरमा २८ रन र आग्रीले सात ओभरमा नौ रन खर्चिए। यो जितसँगै सुदूरपश्चिम आठ अंक जोडेर अंक तालिकको दोस्रो स्थानमा पुगेको छ ।

कोशीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन । उक्त प्रतियोगिताबाट बाहिरिसकेको कोशीको एक खेल मात्रै बाँकी छ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?