Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

प्रधानमन्त्री कपमा कोशी प्रदेशको लगातार आठौँ हार


काठमाडौं। राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार आठौँ हार बेहोर्नु परेको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कोशी प्रदेश आठौँ खेलमा सुदूरपश्चिमसँग आठ विकेटले पराजित भएको हो।

कोशीले दिएको १२४ रनको लक्ष्य सुदूरपश्चिमले २१.१ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमका लागि नरेन भट्टले अर्धशतक प्रहार गरे। उनले ४९ बलमा ५४ रन बनाए । त्यस्तै, प्रकाश पाण्डेले ३४, राजु रिजालले २१ र खडक बोहराले नौ रन बनाए ।

कोशीका लागि फिर्दोष अन्सारीले दुई विकेट लिए। कम स्कोरको खेलमा कोशीका अन्य बलरले विकेट लिन सकेनन् । यसअघि ब्याटिङ गरेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो। कोशीका लागि मीनश थापाले २६, अङ्कित सुवेदीले २२, कमल खत्रीले १८ र फिर्दोष अन्सारीले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि शेर मल्लले पाँच र विकास आग्रीले चार विकेट लिए। मल्लले ६ ओभरमा २८ रन र आग्रीले सात ओभरमा नौ रन खर्चिए। यो जितसँगै सुदूरपश्चिम आठ अंक जोडेर अंक तालिकको दोस्रो स्थानमा पुगेको छ ।

कोशीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन । उक्त प्रतियोगिताबाट बाहिरिसकेको कोशीको एक खेल मात्रै बाँकी छ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?