Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

कोशी प्रदेश सरकार गठनको एक सय दिनको उपलब्धि


मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक सय दिनमा गरिएका कामको उपलब्धि सार्वजनिक गरेका छन् ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले  विसं २०८० असोज २७ गते गठन भएको यस सरकारले विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा ल्याउनाका साथै सुनसरीको इटहरी उपमहानगरपालिका–११ मा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रष्टसँग सम्झौता गरिएको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले दस वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चारवटा निजी अस्पतालवाट सेवा दिन सम्झौता गरिएको, सङ्घीय सरकारबाट प्रहरी समायोजन गर्ने  घोषणा भएर प्रक्रिया अघि बढाइएको, प्रदेशको पुनः नामकरण गर्ने आन्दोलनरत पहिचान पक्षधरसँग समस्या समाधानका लागि वार्ता समिति गठन गरिएको र अनुशासित चालक तथा सुरक्षित सडक अभियान प्रदेशका सबै स्थानमा सुरुआत गरिएको बताएका छन् ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको बिरोध मन्थर पारिएको, प्रदेशमा उद्योग, व्यापारको दर्ता र नवीकरण सेवा अनलाइनबाट सुरु गरिएको, मोरङको लेटाङ–बुधबारेमा २९ दशमलव ६० किलोमिटर रणनीतिक महत्वको सडक शिलान्यास गरी निर्माण सुरु गरिएको  उल्लेख गरे ।
त्यसैगरी कर्णाली प्रदेश सरकारलाई  भूकम्पपीडितका लागि रु एक करोडका साथै  राहत सामग्री उपलब्ध गराइएको, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमार्फत  मोरङको विराटनगर, सुनसरीको इटहरी र झापाको सुरङ्गा बजारमा तीनवटा विद्युतीय चार्जिङ स्टेशन सञ्चालन गरिएको र रोजगार प्रवर्द्धनका लागि वेब पोर्टल सञ्चालनमा ल्याइएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
त्यसैगरी प्रदेश सांसदहरुलाई सांसदको हैसियत प्रदान गर्न र प्रदेशको गरिमा बढाउन स्थानीय तहको अधिकार सुरक्षित गर्दै रु २५ लाखभन्दा बढीको मात्र योजनाहरू प्रतिस्थापन विधेयकमार्फत ल्याइएको उनले बताएका छन् । उक्त कार्यक्रममा प्रदेशका मन्त्री, विभिन्न मन्त्रालयका सचिव, प्रदेश सरकारअन्तर्गत कार्यालयका प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?