Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सरकारले ७७ वटै जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने


काठमाडौं। सरकारले ७७ वटै जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने भएको छ । यसका लागि सरकारले नीतिगत निर्णय गरेर अगाडि बढाएको छ ।

हाल विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर १४ वटा जिल्लामा मेन्टल हेल्थको कार्यक्रम सञ्चालन भइरहेको छ भने यसका अलावा प्रत्येक स्थानीय तहमा परामर्शदाता राखिएको छ । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एमालेकी सांसद विद्या भट्टराईले आत्महत्या समस्याको रूपमा देखा परेको उल्लेख गर्दै सरकारले यस सम्बन्धमा के गरिरहेको छ भनी सोधेकी थिइन् ।

उक्त जवाफमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले सरकारले अब प्रत्येक जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने गरी सरकार अगाडि बढेको बताएका हुन् । त्यस्तै, केही समयअगाडि मात्रै ३२ जनालाई मनोसामाजिक परामर्शदाताको तालिम दिएर उनीहरूलाई सर्टिफिकेटसहित देशभर खटाइएका उनले बताए ।

प्रत्येक जिल्ला अस्पतालसँग समन्वय गरेर प्रत्येक जिल्ला अस्पतालमा प्रत्येक महिनामा एक जना एक पटक वा दुई पटक मेन्टल हेल्थको सेवा दिने नीति कार्यान्वयनमा लागिएको उनले जानकारी दिएका छन् ।

त्यसैगरी, स्कुलमा रहेका नर्सलाई मनोवैज्ञानिक परामर्शको तालिम दिएर उनीहरूमार्फत समेत सेवा दिने सरकारको तयारी रहेको उनले बताएका छन् ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?