Trending
>>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

पूर्ण खोप कार्यक्रममा अन्धाधुन्ध खर्च गरियो, अनुसन्धान गर्छौः स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले सरकारले लागु गरेको पूर्ण खोप कार्यक्रम अगाडि बढ्न नसकेको बताएका छन् ।

राष्ट्रिय दादुरा-रुबेला खोप अभियानको उच्चस्तरीय बैठकमा बोल्दै उनले पूर्ण खोप कार्यक्रम ५२ प्रतिशतभन्दा माथि उठ्न नसकेको भन्दै यसरी लक्ष्य पुरा नहुने बताए । उनले भने, ‘हामीले पूर्ण खोप भनेपनि ५२ प्रतिशतभन्दा अगाडि बढ्न सकेको छैन । यो हामीले आ-आफ्नो तरिकाले परिभाषित गरेर बसिरहेका छौँ । यही तरिकाले अगाडि बढ्ने हो भने हाम्रो लक्ष्य पूरा हुनेमा मलाई विश्वास छैन ।’मन्त्री बस्नेतले पूर्ण खोप प्रोजेक्ट अन्तर्गत नेपालमा आउने बजेटको अन्धाधुन्ध रपमा खर्च भइरहेको भन्दै यसको छानबिन गर्नुपर्ने बताएका छन् ।

उनले अघि भने, ‘जे जे खर्च भइरहेको छ, कहाँ, कसरी खर्च भइरहेको छ, नेपालको नाममा आएको छ कहाँ गएको छ रु, त्यसकारणले सबैतिर छानबिन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हामी सेफ द चिल्ड्रेनले गरेको कार्यक्रमबाट सुरुवात गर्दैछौ । छानबिन गर्नका लागि कमिटि गठन गर्दै छौँ ।’

त्यस्तै, स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमहरुका लक्ष्य पुरा नहुन कसले रोक्यो भन्ने प्रश्न गर्दै उनले म्याचफिक्सिङ् भएको उल्लेख गरे । स्वास्थ्य मन्त्रालय संवेदना बोकेको मन्त्रालय भएको बताउँदै उनले परिणममुखी नतिजा आउन गरि काम गर्न आग्रह समेत गरेका छन् ।

उनले भने, ‘यो जन्ती जाने काम नगरौँ, जुन जुन विषयमा नभई नहुने हो जसको विषय विज्ञता छ त्यो जाउँ, अरु काम नभएकाहरु मन्त्रालयमा नै बसौँ । यो विषयमा गम्भीर भएर छलफल गरौँ । यो कामलाई छिटो अगाडि बढौँ ।’


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?