Trending
>>   न्याय सेवाका सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा >>   शिक्षा उपसमितिको बैठकमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइको बत्ति बालेर निरन्तरता >>   हिरासतमुक्त भएका भएका मिश्रले भने : हाजिर जमानतमा मात्र छुटेकाले धेरै खुशी हुने पक्षमा छैन >>   निजामति कर्मचारी संगठनका नेताहरुले विधेयकमा सबै माग पूरा नगरे आगो बाल्ने धम्की दिएः मन्त्री गुप्ता >>   प्राधिकरण घाटामा भएपनि नाफाको पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन : हितेन्द्रदेव शाक्य >>   संविधानले अधिकार दिएपनि, विरोधी विचारलाई सरकारले निषेध गर्यो : राजेन्द्र लिङदेन >>   ‘मेरो नछुटोस् है’ भनेर अर्थमन्त्रीसँग संसदमै कानेखुसी गर्नुपर्ने अवस्था छः डा.स्वर्णिम वाग्ले >>   जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको रहेनः परराष्ट्रमन्त्री राणा >>   सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानून समयमै नबनाउनुमा सरकार, संसद् र संसदीय समिति सबै दोषी :गगन थापा >>   साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति गुरुङ
Logo
३ जेष्ठ २०८२, शुक्रबार
३ जेष्ठ २०८२, शुक्रबार

व्यवसाय फस्टाउन बजारीकरण अपरिहार्य छ: मन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेकोमा जोड दिएकी छन् ।

रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले आज यहाँ आयोजना गरेको क्षमता विकास कार्यक्रममा उनले आजको युग बजारीकरणको भएको बताउँदै जुनसुकै व्यवसाय बजारीकरणबिना फस्टाउन नसक्ने उल्लेख समेत गरेकी ।

मन्त्री शर्माले भनिन्, “व्यवसाय फस्टाउनका लागि बढी व्यावसायिक र सीपयुक्त बनाउन आवश्यक छ । यो कार्यक्रमले बजारीकरणमा काम गर्नेलाई थप प्रोत्साहन गर्ने विश्वास रहेको छ ।” रेडियो र टेलिभिजन तुलनात्मक बढी प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै उनले यसबाट प्रसारित हुने सामग्रीको विषयका बारेमा ध्यान पुर्‍याउन आग्रह गरिन् ।

“कहिलेकाहीँ विज्ञापन प्रसारण गर्दा पनि संविधान र प्रचलित कानुनको प्रावधानविपरीत हुने गरेको पाइएकाले त्यसमा पनि ध्यान पुर्‍याउनुपर्छ । बहुविवाह र छुवाछुतविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने उद्देश्यले प्रसारण गरेका सामग्रीले पनि कसैको भावनामा चोट पुर्‍याउन हुँदैन”, मन्त्री शर्माले भनिन् ।

त्यस्तै, विज्ञापनमा हुने चुहावट नियन्त्रणका लागि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी गराउँदै मन्त्री शर्माले अब यस क्षेत्रमा विज्ञापन एजेन्सीले १५ प्रतिशत मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको जानकारी दिएकी छन् । उनले आथिक मन्दीको प्रभाव विज्ञापन क्षेत्रमा पनि परेकाले विज्ञापनबापत कम रकम पाउँदा सञ्चारमाध्यमले श्रमजीवी पत्रकार र कामदारको पारिश्रमिक दिन नसकेको गुनासो सुनिएको सन्दर्भमा यसले केही हदसम्म समस्या समाधान गर्ने विश्वास व्यक्त गरिन् ।

मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ठूलो सङ्घर्ष गरेका मिडियाको प्रवर्द्धन गर्न सरकारले आवश्यक पहल गरिरहेको समेत बताइन् ।
उक्त कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन बजार नियमनका लागि बोर्डले विभिन्न काम गरिरहेको जानकारी गराउँदै आगामी फागुनदेखि बोर्डबाट पारित गरेरमात्र विज्ञापन प्रसारण गर्न पाइने व्यवस्था गर्न लागिएको बताएका छन् ।

नेपाल विज्ञापन सङ्घका अध्यक्ष सुदीप थापाले विज्ञापन बजार खुम्चिएकाबेला हरेक सञ्चारमाध्यमले एकअर्काको अस्तित्व स्वीकार गरेर काम गर्दामात्र सञ्चार उद्योग जोगिने धारणा व्यक्त गरेका छन् ।

त्यस्तै, बोर्डका सदस्य चेतन अधिकारीले हालसम्म समाचारमा संलग्न जनशक्तिका लागिमात्र विभिन्न कार्यक्रम हुने गरेको अवस्थामा बोर्डले व्यस्थापनमा संलग्न जनशक्तिलाई लक्षित गरी यो कार्यक्रम गरेको बताए । दुई दिनसम्म हुने उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमको व्यवस्थापन र बजार क्षेत्रमा कार्यरत व्यक्तिको सहभागिता रहेको छ ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?