Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

श्रमदान गरेर बाँझो बगर करेसाबारी


म्याग्दी। म्याग्दीको मङ्गला गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रुपान्तरण गरेका छन् । मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती गरेर हराभरा बनाएका हुन् ।

उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यायमका लागि फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले करेसाबारीमा श्रमदान गर्ने गरेको बताएका छन् ।

“कृषि र प्राविधिक शाखाका कर्मचारीको आवास भवन परिसरको यो बगर पहिले झाडी थियो । झाडी फाडेर खनजोत गरी करेसाबारी बनाएका हौँ”, उनले भने, “करिब दुई रोपनी क्षेत्रफल बाँझो जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गरेका छौँ ।” शारीरिक व्यायम, फुर्सदको समय सदुपयोग, उत्पादन वृद्धि र घरायसी तरकारीरेका थिए ।

त्यसैगरी, अधिकृत पौडेलको अभियानमा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष पेमा अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र बाबियाचौरका बासिन्दाले साथ दिएका छन् । फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारी कुटो कोदालो हातमा लिएर करेसाबारीमा काम गरेको भेटिन्छन् ।

बर्खायाममा सिमी, लौका खेती भएको थियो । हिउँदमा बन्दा र काउली उत्पादन हुन थालेको छ । प्याज, लसुन, धनियाँ र साग खेती गरिएको छ । कार्यालय समयबाहेकको साँझ, बिहानको फुर्सद, शनिबार र अन्य सार्वजनिक बिदाका दिन करेसाबारीमा श्रमदान गर्ने गरिएको कृषि शाखाका प्राविधिक जगत बानियाले बताए ।

त्यस्तै, करेसाबारीको डिलतर्फ घेराबार गर्न गाउँपालिकाले रु ३७ हजार खर्च गरेको छ भने अन्य सबै काम श्रमदानबाट गरिएको प्रशासकीय अधिकृत पौडेलले बताए । प्रत्येक शनिबार बिहान ७ देखि १० बजेसम्म श्रमदानका लागि सहभागी हुन आग्रह गरिएको छ ।

उत्पादन भएको तरकारी जनप्रतिनिधि र कर्मचारीले उपभोग गर्दछन् । घरायसी उपभोगका लागि आफैँतरकारी उत्पादन गर्नुपर्ने सन्देश दिन खोजिएको कृषि प्राविधिक बानियाले बताए । प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी खेती गरिएको हो । रोगकिरा नियन्त्रणका लागि पनि जैविक विषादीको प्रयोग गरिएको करेसाबारीलाई प्रदर्शनीस्थलको रुपमा विकास गर्ने योजना रहेको छ ।

व्यावसायिक तरकारी खेतीबाट आयआर्जनका अलावा करेसाबारी बनाएर घरायसी उपभोगका लागि तरकारी खरिद घटाउन सकिन्छ भने व्यायमका लागि करेसाबारीको काम गर्दा स्वस्थ्य र शारीरिक तन्दुरुस्त हुने अनुभव जनप्रतिनिधि र कर्मचारीले सुनाए ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?