Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्छ : मन्त्री शर्मा


२९ फागुन, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्ने बताएकी छन् । ‘नारी नेपाल अनलाइन पत्रिका’को आज यहाँ उद्घाटन गर्दै उनले अनलाइन मिडियाको विकास व्यापकरुपमा भइरहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरिन् ।

मन्त्री शर्माले सञ्चारमाध्यमले मानव जीवनका सामाजिक क्षेत्र तथा समाजलाई आशावादी बनाउने गरी विषयवस्तु सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय अनलाइन मिडियाको तीव्ररुपमा विकास भइरहेको र यसबाट सम्प्रेषण हुने विषयवस्तुमाथि विभिन्न टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै अनलाइनलाई व्यवस्थित र पारदर्शी ढङ्गले सञ्चालन गरिनुपर्ने बताइन् ।

“अनलाइन मिडियाबीचमा पनि राम्रो गर्ने र नराम्रो गर्ने को हुन्, यो अनलाइनमा लेखेको कुराको विश्वास हुँदैन भनेर सबै अनलाइनलाई एउटै डालोमा हाल्दिने कुरा भइरहेको छ, जुन बेठीक छ”, मन्त्री शर्माले भनिन्, “त्यसैले सबै मिडियालाई नियमन गर्ने, कानुन बनाउने र तिनको प्रवद्र्धन गर्नुपर्छ । पछिल्लो समय अनलाइन मिडियाको जुन ढङ्गले विकास भइरहेको छ, यसमा राज्यले ध्यान दिन जरुरी छ । अनलाइन मिडिया सम्बन्धि कानुन बनाउने क्रममा छौँ ।”

सञ्चारमन्त्री शर्माले अहिलेको समय बजेटका निम्ति नीति कार्यक्रम बनाउने भएकाले सञ्चार मन्त्रालय र आमसञ्चार क्षेत्रलाई महिलासँग जोडेर उपयुक्त नीति तथा कार्यक्रम बनाउने विषयमा आवश्यक गृहकार्य गरिरहेको जानकारी दिइन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि महिलाका विषयवस्तुलाई प्राथमिकताका साथ समेट्ने विश्वास व्यक्त गरिन् । सूचना प्रविधिको विकास, पुहँचमा र महिला सहभागिता कसरी बढाउने भन्नेबारे नीतिगत सुधार जरुरी रहेको मन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले आम सञ्चार ऐन बनाउने क्रममा विज्ञ सरोकारवालासँग छलफल गरिरहेको उल्लेख गर्दै आमसञ्चार ऐन महिलामैत्री बनाउन पहल गर्ने बताइन् । महिला सशक्तिकरणका साथै क्षमता भएर पनि अवसर नपाएका महिलाको वकालत गर्न मिडियाले भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन् ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?