Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्छ : स्वास्थ्य मन्त्री बस्नेत


सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्ने बताएका छन् । हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको ओग्र्येन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार समुदघाटन गर्दै मन्त्री बस्नेतले सरकारले यसै वर्षदेखि गुम्बा निर्माणका लागि बजेट विनियोजन गर्ने बताएका हुन् । गुम्बा विकास समितिका पदाधिकारीले गुम्बा निर्माणमा सरकारले सहयोग गर्नु पर्ने माग राखेका थिए ।

स्वास्थ्य मन्त्री बस्नेतले स्थानिय जनताको आवश्यकता अनुसार काम गर्न आफु तयार रहेको बताउदै आफुले निर्वाचनका बेला प्रतिवद्वता व्यक्त गरेका विकास निर्माणका काम पाँच वर्षमा पुरा गरिछाड्ने दावी गरे । बस्नेतले भने, ‘ यो वर्ष पनि हेलम्बुमा थुप्रै विकास योजना सुरु गरेका छौ । २६ करोड बजेट विनियोजन गरेका छौ । पाँच वर्षसम्म मैले प्रतिबद्वता गरेको भन्दा बढी काम गरेर देखाउने छु । ’ आपत विपतमा बेला सधै जनताको सारथी भएर काम गरेको स्मरण गर्दै मन्त्री बस्नेतले हेलम्बुमा ४ वटा स्वास्थ्य केन्द्र निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको र सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । स्वास्थ्य क्षेत्रको सुधारका लागि यसै वर्ष ३२ हजार जनशक्ति थप्ने प्रस्ताव गरेको बताउदै स्वदेशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने गरि काम गरिरहेको दावी गरे । कार्यक्रममा पुर्व मन्त्री शेरबहादुर तामाङले विकास निर्माणका काममा सबै राजनीतिक दलहरुको एक मत हुनु पर्नेमा जोड दिदै सरकारले दीर्घकालिन योजनाका साथ अगाडि बढ्नु पर्ने बताए ।

बाग्मती प्रदेशका सांसद कृष्णकुमार तामाङले बजेट कार्यन्वयनको चरणमा रहेकोले अहिले नै आत्तिनु पर्ने आवश्यकता नरहेको बताउदै पाँच वर्षभित्र आफुले बाचा गरेका विकास निर्माणका काम पुरा गर्ने दावी गरे । स्वास्थ्य मन्त्री बस्नेतको साथ र निर्देशनमा रहेर हेलम्बुको विकासका लागि अल्पकालिन र दीर्घकालिन योजना अगाडि राखेर काम भइरहेको उनले जानकारी दिए । गुम्बा विकास समितिका अध्यक्ष दावा नुर्वु लामाले भुकम्पपछि निर्माण सम्पन्न भएको सबै भन्दा ठूलो गुम्बाको उदघाटन भएकोमा खुशी व्यक्त गर्दै गुम्बा निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । समारोहमा मन्त्री बस्नेतले गुम्बा निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए । समारोहमा पूर्व प्रदेश स्वास्थ्य मन्त्री निमा लामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, लामा गुरुहरु, समाजसेवी लगायत स्थानियवासीको सहभागिता थियो ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?