Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सरकारले उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदामाथि माग्यो सुझाव


काठमाडौं। सरकारले उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त मस्यौमाथि राय तथा सुझाव माग गरेको हो ।

उक्त प्रारम्भिक मस्यौदा समेत सरकारले वेबसाइट मार्फत सार्वजनिक गरेको छ भने सो मस्यौदा विधेयकलाई समृद्ध बनाई नेपालको उच्च शिक्षालाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन भन्दै मन्त्रालयले आवश्यक सुझाव माग गरेको हो ।

त्यसका लागि निश्चित ढाँचामा विधेयकबारे १५ दिनभित्रमा सुझाव दिन मन्त्रालयले अनुरोध समेत गरेको छ । त्यस्तै, स्वदेश तथा विदेशमा रहेका शिक्षा प्रेमी, विद्वान बुद्धिजीवी, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी, विद्यार्थी, राजनीतिक दलमा आबद्ध महानुभावहरु, सरकारी र सार्वजनिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवस्थापक, उद्यमी तथा शिक्षासँग सरोकार राख्ने तथा सरोकारवाला निकायले सुझाव पेस गर्न सक्नेछन् भने आवश्यक सुझावबाट प्रस्तुत विधेयक अझ बढी समृद्ध हुने मन्त्रालयको अपेक्षा रहेको जनाएको छ ।

उक्त विद्यालय शिक्षा विधेयकमाथि आवश्यक सुझाव माग नगर्दा निकै विवादमा आएको थियो । जसले गर्दा उक्त विधेयकमाथि १५३ जना सांसदहरूले १ हजार ७५८ विवरणमा संशोधन प्रस्ताव हालेका छन् भने शिक्षा विधेयकलाई विवादमा नल्याउन सरकारले मस्यौदामा नै आवश्यक सुझाव माग गरेको हो ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?