Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पहिचान पक्षधरको माग पूरा गर्न अप्ठेरो छः वार्ता समिति


काठमाडौं। कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न कोशी सरकारले गठन गरेको वार्ता समितिका संयोजक कमलप्रसाद जबेगुले पहिचान पक्षधरको माग पूरा गर्न कठिन रहेको बताएका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जबेगुले पहिचान पक्षधरले राखेका मागमध्ये संविधानसम्मत मागहरू मात्र पूरा गर्न सकिने बताएका हुन् ।

त्यस्तै, गत फागुनमा प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी राखेको थियो, तर उक्त नामको विपक्षमा रहेका विभिन्न राजनीतिक दल जातीय संघ(संस्थाहरुले पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जबेगुले पहिचान पक्षधरको मागलाई केही न केही हदमा पूरा गर्ने कोसिस गर्ने बताएका छन् । पहिचान पक्षधरसँग वार्ता गर्नुअघि कोशी सरकार र प्रदेशसभामा रहेका दलहरूसँग छलफल गर्ने पनि उनले बताए ।

कोशी सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न शनिबार वार्ता समिति गठन गरेको थियो ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?