Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पहिचान पक्षधरको माग पूरा गर्न अप्ठेरो छः वार्ता समिति


काठमाडौं। कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न कोशी सरकारले गठन गरेको वार्ता समितिका संयोजक कमलप्रसाद जबेगुले पहिचान पक्षधरको माग पूरा गर्न कठिन रहेको बताएका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जबेगुले पहिचान पक्षधरले राखेका मागमध्ये संविधानसम्मत मागहरू मात्र पूरा गर्न सकिने बताएका हुन् ।

त्यस्तै, गत फागुनमा प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी राखेको थियो, तर उक्त नामको विपक्षमा रहेका विभिन्न राजनीतिक दल जातीय संघ(संस्थाहरुले पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जबेगुले पहिचान पक्षधरको मागलाई केही न केही हदमा पूरा गर्ने कोसिस गर्ने बताएका छन् । पहिचान पक्षधरसँग वार्ता गर्नुअघि कोशी सरकार र प्रदेशसभामा रहेका दलहरूसँग छलफल गर्ने पनि उनले बताए ।

कोशी सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न शनिबार वार्ता समिति गठन गरेको थियो ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?