Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

विकट वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण


मनहरी। मकवानपुरगढी गाउँपालिकाले वडास्तरबाट नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बैंकमार्फत वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता अब विकट क्षेत्रका वडामा भने वडा तहबाटै वितरण सुरु गरिएको हो ।

मकवानपुरगढी गाउँपालिकामा आठ वडा छन् । जसमध्ये वडा नम्बर ८ मा वडास्तरबाट बिहीबार पहिलो चरणको भत्ता वितरण सुरु गरेको हो । त्यस्तै, यातायात र बैंकसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई समस्या भएपछि वडा तहबाटै भत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । उक्त गाउँपालिकाको केन्द्र मक्रान्चुलीमा नबिल बैंक छ । विभिन्न वडाका नागरिकलाई यहाँ आउन समस्या भएपछि वडाबाटै भत्ता वितरण गरेको अध्यक्ष स्याङ्तानले बताइका छन् ।

त्यस्तै, वडा ८ बूढीचौरमा ६७ जना लाभग्राहीलाई बिहीबार सामाजिक सुरक्षा भत्ता रकम प्रदान गरिएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख रघुनाथ हुमागाईंले बताए । प्रदेश राजधानी हेटौँडासँग जोडिएको पालिका भए पनि यस गाउँपालिकाका केही वडा विकट र दुर्गममा रहेकाले वडाबाटै भत्ता वितरणको सुरुआत गरिएको हुमागाईंले बताउदै । अहिले दोस्रो किस्ताअन्तर्गत वडा नम्बर ८ र वडा नम्बर १ लाई विशेष प्राथमिकतामा राखेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको समेत सुनाए ।

त्यस्तै, बूढीचौरमा १६९ जना लाभग्राही छन् । पहिलो दिन ६७ जनालाई भत्ता दिइएको छ भने भत्ता वितरण कार्यक्रममा वडा सदस्य गोकुल देवकोटा, बैंक तथा पालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो ।

बूढीचौरका नागरिक गाउँपालिकाको कार्यालय जान भीमफेदी गाउँपालिकाको बाटो हुँदै हेटौँडा बजारबाट मक्रान्चुली पुग्न बाध्य छन्। त्यस्तै, हिउँदको समयमा सुकौरा हुँदै आवतजावत गरे तापनि बर्खाको समयमा भने भीमफेदीतर्फको सडक प्रयोग गर्नुपर्ने बाध्यता छ भने बूढीचौर पृथ्वीनारायण शाह भीमफेदीको चिसापानीगढीबाट मकवानपुरगढी दरबार आउने जाने पैदलमार्गको रुपमा खुडेधार पैदलमार्ग पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?