Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बागमतीका सूर्य तामाङले पाँच विकेट लिएपछि ९७ रनमै अलआउट भयो आर्मी


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबलाई बागमती प्रदेशले ९७ रनमै अलआउट गरेको छ । बुधबार मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा अलआउट भएको हो।

त्यस्तै, आर्मीका लागि भीम सार्कीले १८ रन, कप्तान विनोद भण्डारीले २८ रन र विवेक यादवले ११ रन बनाउँदा अरु ८ ब्याटर दोहोरो अङ्कमा रन जोड्न नपाइ आउट भए । आर्मीलाई सस्तैमा अलआउट गर्ने क्रममा बागमतीका सूर्य तामाङले ५ विकेट लिए। उनले ९ ओभरमा २ मेडन राख्दा २६ खर्चिए।

तामाङले मंगलबार मधेस प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए भने आर्मीका भीम सार्की, कुशल मल्ल, बसिर अहमद, सन्दीप रजाली र शाहब अलामलाई आउट गरेका थिए। जसमा उनले अलाम, मल्ल र अहमदलाई बोल्ड गरे।

बुधबार तामाङबाहेक बागमतीका लागि प्रतिश जिसी र रिजन ढकालले २/२ विकेट लिए भने क्रिजन गुरुङले १ विकेट हात पारे।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?