Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बागमतीका सूर्य तामाङले पाँच विकेट लिएपछि ९७ रनमै अलआउट भयो आर्मी


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबलाई बागमती प्रदेशले ९७ रनमै अलआउट गरेको छ । बुधबार मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा अलआउट भएको हो।

त्यस्तै, आर्मीका लागि भीम सार्कीले १८ रन, कप्तान विनोद भण्डारीले २८ रन र विवेक यादवले ११ रन बनाउँदा अरु ८ ब्याटर दोहोरो अङ्कमा रन जोड्न नपाइ आउट भए । आर्मीलाई सस्तैमा अलआउट गर्ने क्रममा बागमतीका सूर्य तामाङले ५ विकेट लिए। उनले ९ ओभरमा २ मेडन राख्दा २६ खर्चिए।

तामाङले मंगलबार मधेस प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए भने आर्मीका भीम सार्की, कुशल मल्ल, बसिर अहमद, सन्दीप रजाली र शाहब अलामलाई आउट गरेका थिए। जसमा उनले अलाम, मल्ल र अहमदलाई बोल्ड गरे।

बुधबार तामाङबाहेक बागमतीका लागि प्रतिश जिसी र रिजन ढकालले २/२ विकेट लिए भने क्रिजन गुरुङले १ विकेट हात पारे।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?