Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत


भोजपुर। भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो ।

युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर मर्मत गरिएको हो । सडक बिग्रिएकाले आवातजावतमा समस्या भएपछि युवाहरूको अगुवाइमा सडक मर्मत गरिएको भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बताएकी छन् । सो सडकका कारण आवतजावतमा समस्या भएपछि आफूले व्यक्तिगतरूपमा मर्मतका लागि सहयोग गरेको उनको भनाइ रहेको छ ।

“बजार क्षेत्रको सडक बिग्रिदा दुर्घटना जोखिम बढेको अवस्था थियो”, उनले भने, “सडकका कारण समस्या भएपछि युवाहरूको अगुवाइमा भत्किएको ठाउँमा ढलान गरेका छौँ । सडक मर्मतका लागि आवश्यक सामग्री मैले पनि व्यक्तिगतरूपमा सहयोग गरेकी छु ।”

दैनिकजसो स्थानीयले भोगेका सास्तीलाई नगरपालिकाले बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवासङ्घ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले जानकारी दिएका छन् ।

मुख्य बजारमा सडक बिग्रेका कारण दुर्घटनाको जोखिम बढेकाले युवाको अगुवाइमा सडक मर्मत गरिएको नेकपा ९एमाले० जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताएका छन् ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?