Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मधेशमाथि बागमतीको जित, एकै ओभरमा चारसहित सूर्य तामाङले लिए छ विकेट


काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशका बलर सूर्य तामाङले मधेश प्रदेशविरुद्ध ह्याट्रिक गरेका छन्।

सूर्यले २९औँ ओभरमा ह्याट्रिकसहित चार विकेट लिए। पहिलो बलमा मधेसका रुपेश सिंहलाई २ रनमा बोल्ड गरे। दोस्रो बलमा राजेश यादवलाई विकेटकिपर रविन जोशीबाट क्याच गराए। तेस्रो बलमा सांसद अन्सारीलाई क्याच गराएसँगै उनले ह्याट्रिक पूरा गरे। यस्तै उनले अन्तिम बलमा रञ्जित कुमारलाई एलबिडब्लूको धरापमा पारेसँगै उत्कृष्ट बलिङको नमुना पेश गरे।

उक्त प्रतियोगितामा तामाङ ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन् । उनले उनले ६ विकेट लिँदा मधेश २९ ओभरमा १०४ रनमै अलआउट भयो । जसका कारण बागमतीले ८६ रनको जित निकाल्यो । प्रधानमन्त्री कपमा बागमतीको यो पहिलो जित हो। त्यसैगरी, सूर्यले ९ ओभरमा ६ विकेट लिँदा १८ रन खर्चिए भने ३ मेडन ओभर फ्याँके। बागमतीका लागि प्रतिश जिसी र इशान पाण्डेले २/२ विकेट लिए। प्रतिशले ५ ओभरमा ३ मेडन राख्दा १० रन मात्र खर्चिए । मधेसका लागि पवन सर्राफले सबैभन्दा बढी ४५ रन जोडे । उनले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि मुलपानी मैदानमा टस जितेको मधेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमती ४ बल खेल्न बाँकी छदा १९० रनमा अलआउट भयो। बागमतीका लागि प्रतिश जिसीले ५५ बलमा समान ४/४ चौका र छक्काको मद्दतमा ५९ रन जोडे। बलिङमा मधेसका रुपेश सिंह र अरनिको यादवले २/२ विकेट लिए।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?