Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात


काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेलमै जित हात पारेको हो ।

दोस्रो खेल खेलेको लुम्बिनी प्रदेशको भने यो पहिलो हार हो । यसअघि लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई चार विकेटले हराएको थियो । त्यस्तै, सिद्धार्थनगर रङ्गशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४८.४ ओभरमा अलआउट हुनुअघि एक सय ५८ रनमात्र बनाउन सकेको थियो भने जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने २९.३ ओभरमै केवल पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो ।

सुदूरपश्चिम प्रदेशका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान शेर मल्लले अविजित ४२ रनको योगदान गरेका थिए । उनले ४४ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए । नारायण जोशीले पनि टोलीका लागि अविजित २८ रनको योगदान गरे । उनले ३० बलमा चार चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान खड्क बोहराले २१ रन बनाएका थिए । अर्का ओपनर टेक रावत १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । नरेन भट्टले पनि टोलीको खातामा १२ रन थपे । कप्तान राजु रिजाल भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए ।

किरण ठगुन्नाले १६ रन बनाए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रूपमा २२ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर अभिषेक गौतमले तीन विकेट लिए । अजय चौहान र कृष्ण कार्कीले पनि एक–एक विकेट हात पारे । त्यसअघि लुम्बिनी प्रदेशका लागि तल्लोक्रमका ब्याट्सम्यान प्रज्ज्वल थापाले ४२ रनको योगदान गरेका थिए । उनले ६८ बलको सामना गरी चार चौका पनि हिर्काए । मोहम्मद हुसैनले पनि २६ रन बनाए । ओपनर विराट भण्डारीले टोलीको खातामा २३ रन थपे ।

अर्का ओपनर सम्राट् भुसाल भने नौ रनमै पेभेलियन फर्किए । मृनाल गुरुङले १४ रन जोडे । कृष्ण कार्की १२ रनमा अविजित रहे । दिल्साद अलीले १० रन बनाए । लुम्बिनी प्रदेशले अतिरिक्त रूपमा पनि १८ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर नारायण जोशीले तीन विकेट लिए । भोजराज भट्ट र नरेन साउदले पनि दुई–दुई विकेट लिए । मिलन बोहराले एक विकेट हात पारे ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?