Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन हुन्छ: मुख्यमन्त्री कार्की


विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् ।

अग्रसेन भवन विर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्योति ल्याउने समूहको विदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारी सरकारको साझेदार नभई अंग भएको बताएका हुन् ।

‘सरकारले उद्योग, व्यवसाय क्षेत्रको उत्थान र विकासका लागि तालिम, प्रविधि हस्तान्तरण, पूँजी लगायत सहयोग गर्छ,’ उनले भने, ‘व्यवसायी सरकार भन्ला अलग हो, लुट्छ, कर छल्छ भन्ने बुझाइ कोशी सरकारले बदल्छ ।’ यहाँका उद्योगी, व्यवसायीले धेरै भन्दा धेरै आमदानी गरेर धेरै भन्दा धेरै कर तिरेर सरकारलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुर्याउनु अपरिहार्य रहेको उनले बताएका हुन् ।

‘व्यवसाय, व्यवसायी, उद्योगी र ब्यापारीको परिभाषा कोशीले बदलेर ब्यवसायलाई सरकार बाहिर होइन सरकारभित्रको नै अंग भएको प्रमाणित गर्न सबैको सहयोग अपरिहार्य छ,’ उनले भने, ‘सरकार र उद्योगी, व्यवसायी एउटै हो, छुट्टै होइन । व्यवसायी सरकार बाहिर जानै सक्दैन ।’ कोशी सरकार व्यवसाय मैत्री भएकाले सबैलाई हातेमालो गरेर प्रदेशलाई समृद्ध र आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानमा सघाउन मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

मुख्यमन्त्री कार्कीले विदेशमा महंगो मूल्यमा श्रम बेच्ने श्रमिकमाथि अ‍ौँलो उठाउने र अवहेलना गर्ने काम भइरहेको बताए । नेताहरूले भोटको राजनीतिमा लागेर श्रमिकलाई अपमान गर्ने भाषण तत्काल बन्द गर्नुको विकल्प नभएको मुख्यमन्त्री कार्कीको भनाइ रहेको थियो ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?