Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सिकलसेल बिरामीको स्वास्थ्य बीमा कार्यक्रम सुरु


काठमाडौं। लुम्बिनी प्रदेशमा सिकलसेल बिरामी र उनका परिवारको स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । त्यसको सुरुवात बुधबार बाँकेबाट गरिएको छ भने उक्त प्रदेश सरकारले लुम्बिनीमा सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी र उनका परिवारको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।

त्यस्तै, थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा देखा परेको सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी र उनका परिवारलाई अब एक लाखसम्मको औषधी र उपचारको व्यवस्था गरिने भएको छ भने लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर चार बैजापुरमा रहेको अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरे।

स्वास्थ्य कार्यालयका अनुसार, राप्तीसोनारी गाउँपालिकामा ३३ जना बिरामी छन् । बाँकेमा सय जना बढी सिकलसेलका बिरामी छन् भने बिरामी र उनका ६ जनासम्म परिवारलाई स्वास्थ्य बीमा समेट्ने श्रेष्ठले बताए । लुम्बिनी प्रदेशका ६ वटा जिल्लामा यो कार्यक्रमको सुरुवात भएको छ। बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा यो कार्यक्रम सुरु गरिएको छ ।

सिकलसेल वंशाणुगत रोग हो। प्रायः थारु समुदायमा देखिएको यो रोगलाई रोक्नका लागि फरक समुदायसँग विवाहवारी गर्नुपर्ने विज्ञहरूले सुझाव दिने गरेका छन्।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?