Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सिकलसेल बिरामीको स्वास्थ्य बीमा कार्यक्रम सुरु


काठमाडौं। लुम्बिनी प्रदेशमा सिकलसेल बिरामी र उनका परिवारको स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । त्यसको सुरुवात बुधबार बाँकेबाट गरिएको छ भने उक्त प्रदेश सरकारले लुम्बिनीमा सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी र उनका परिवारको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।

त्यस्तै, थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा देखा परेको सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी र उनका परिवारलाई अब एक लाखसम्मको औषधी र उपचारको व्यवस्था गरिने भएको छ भने लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर चार बैजापुरमा रहेको अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरे।

स्वास्थ्य कार्यालयका अनुसार, राप्तीसोनारी गाउँपालिकामा ३३ जना बिरामी छन् । बाँकेमा सय जना बढी सिकलसेलका बिरामी छन् भने बिरामी र उनका ६ जनासम्म परिवारलाई स्वास्थ्य बीमा समेट्ने श्रेष्ठले बताए । लुम्बिनी प्रदेशका ६ वटा जिल्लामा यो कार्यक्रमको सुरुवात भएको छ। बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा यो कार्यक्रम सुरु गरिएको छ ।

सिकलसेल वंशाणुगत रोग हो। प्रायः थारु समुदायमा देखिएको यो रोगलाई रोक्नका लागि फरक समुदायसँग विवाहवारी गर्नुपर्ने विज्ञहरूले सुझाव दिने गरेका छन्।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?