Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्‍याउन आग्रह


काठमाडौं। सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्याउन सरोकार भएकाले आग्रह गरेका छन् ।

सामाजिक सुरक्षा कोष र नेपाल घरेलु तथा साना उद्योग महासङ्घबीच आज भएको औपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा विषयमा अन्तक्रिया कार्यक्रममा सरोकार भएका निकायका अधिकारीले सो आग्रह गरेका हुन् ।

उक्त कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारीले नेपालको संविधानमा उल्लेखित सामाजिक सुरक्षासम्बन्धी हकलाई कार्यान्वयन हुनेगरी सरकारले अघि बढाएको यस कार्यक्रममा आबद्ध हुन सबैलाई आह्वान समेत गरे । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन मन्त्रालयबाट आवश्यक समन्वय र सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उक्त कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको महत्वबारे प्रकाश पार्दै कोषमा आबद्ध हुने प्रक्रिया र अवस्थाका बारेमा जानकारी गराएका थिए भने घरेलु तथा साना उद्योग महासङ्घका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले कोषमा आबद्ध हुँदा देखिने चुनौती सामना गर्न आवश्यक सहयोगका लागि सरकारसँग आग्रह समेत गरेका थिए ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (टियुसिसी) का पूर्व अध्यक्ष विनोद श्रेष्ठले कोषमा थप रोजगारदातासमेत समेट्नुपर्ने ध्यानाकर्षण गराए । त्यस्तै, सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई सोबमोजिम २०६७ साल चैत ७ गते भएको हो ।

उक्त कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकामा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ ।

त्यस्तै, सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरूको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक हकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित छन् ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?