Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्‍याउन आग्रह


काठमाडौं। सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्याउन सरोकार भएकाले आग्रह गरेका छन् ।

सामाजिक सुरक्षा कोष र नेपाल घरेलु तथा साना उद्योग महासङ्घबीच आज भएको औपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा विषयमा अन्तक्रिया कार्यक्रममा सरोकार भएका निकायका अधिकारीले सो आग्रह गरेका हुन् ।

उक्त कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारीले नेपालको संविधानमा उल्लेखित सामाजिक सुरक्षासम्बन्धी हकलाई कार्यान्वयन हुनेगरी सरकारले अघि बढाएको यस कार्यक्रममा आबद्ध हुन सबैलाई आह्वान समेत गरे । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन मन्त्रालयबाट आवश्यक समन्वय र सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उक्त कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको महत्वबारे प्रकाश पार्दै कोषमा आबद्ध हुने प्रक्रिया र अवस्थाका बारेमा जानकारी गराएका थिए भने घरेलु तथा साना उद्योग महासङ्घका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले कोषमा आबद्ध हुँदा देखिने चुनौती सामना गर्न आवश्यक सहयोगका लागि सरकारसँग आग्रह समेत गरेका थिए ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (टियुसिसी) का पूर्व अध्यक्ष विनोद श्रेष्ठले कोषमा थप रोजगारदातासमेत समेट्नुपर्ने ध्यानाकर्षण गराए । त्यस्तै, सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई सोबमोजिम २०६७ साल चैत ७ गते भएको हो ।

उक्त कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकामा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ ।

त्यस्तै, सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरूको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक हकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित छन् ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?