Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मादी नदीमा माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु


दमौली। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरेको छ ।

तनहुँको ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५को सिमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने एक सय ४० मिटर अग्लो बाँधका कारण माछाको आवतजावत प्रभावित भई माछालाई क्षति पुग्ने भएकाले यसको परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण योजना सुरु गरिएको हो ।

उक्त आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्यरुपमा त्यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछा जोखिममा पर्ने देखिएको छ भने यसको क्षतिपूर्तिस्वरुप मादी नदीतर्फको प्राकृतिक बहावमा माछा संरक्षण योजना कार्यान्वयनमा ल्याइएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिएका छन् ।

नेपालका रैथाने असला र सहरलाई लोपोन्मुख तथा सङ्कटापन्न माछाको प्रजातिका रूपमा लिइन्छ । सो योजना मुख्यरुपमा सेती र मादी नदीको सङ्गमस्थलबाट मादीको माथिल्लो तटीय क्षेत्रमा कार्यान्वयन गरिने छ भने योजना कार्यान्वयनका लागि मादी नदीको तटसँग जोडिएका तनहुँको व्यास तथा लमजुङको मध्यनेपाल नगरपालिका प्रमुख, कास्कीको मादी तथा रुपा गाउँपालिकाका अध्यक्षहरू, तनहुँ हाइड्रोपावर लिमिटेड र बोटे समाजको प्रतिनिधि रहने गरी माछा संरक्षण समन्वय समिति गठन गरिएको छ ।

त्यस्तै, मादी नदीमा माछा संरक्षण गर्ने विषयमा स्थानीय पालिकाको साझा सरोकार र साझेदारीको विषय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाबमोजिम समिति गठन गरिएको हो भने जलचर संरक्षण ऐन, २०१७ मा भएको व्यवस्थाबमोजिम माछा संरक्षण योजना व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याइने छ ।

माछा संरक्षण समन्वय समितिका संयोजक एवं व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले असारदेखि भदौ महिनासम्म माछाको प्रजनन समय हुने हुँदा उक्त अवधिभर मादी नदीमा माछा मार्न प्रतिबन्ध लगाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

उक्त बैठकबाट मादी नदीमा माछा संरक्षणसम्बन्धी सचेतना कार्यक्रम स्थानीय एफएम रेडियो, टेलिभिजनजस्ता आमसञ्चार माध्यमबाट प्रसारण/प्रकाशन गर्ने र सार्वजनिक ठाउँमा सन्देशमूलक बोर्ड राख्ने निर्णय भएको छ ।

त्यस्तै, व्यास -३, ४, ५, ६, ७ तथा १० नम्बर वडा, मध्य नेपालका वडा नम्बर ४, ५, ६, ७ तथा ८ नम्बर वडा, रुपा गाउँपालिका १, ३ तथा ७ नम्बर वडा र मादी गाउँपालिका ४, ५, ९, १०, ११ तथा १२ नम्बर वडालाई प्रभावित क्षेत्रमा मान्ने निर्णयसमेत बैठकले गरेको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?