Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

बर्दघाट–सुस्तापश्चिम जिससको भवन निर्माण


२८ फागुन ,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित जिल्ला समन्वय समितिको प्रशासनिक भवन निर्माण सुरु भएको छ । जिल्लाको सदरमुकाम परिसरमा कुल रु सात करोड ९० लाख ५६ हजार लागतमा भवन निर्माण थालिएको समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले जानकारी दिए ।

करिब तीन कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवन दुईतलाको हुने छ । यसमा विभिन्न प्रयोजनका लागि २५ कोठा रहने जनाइएको छ । जिसस प्रमुख यादवले कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि कार्यालयबाट हुने सेवा प्रवाह सहज पुग्ने विश्वास लिएका छन्‌ ।

करिब एक वर्ष छ महिनाभित्र प्रशासनिक भवन निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको हो । उक्त भवन बनाउनका लागि रु नौ करोड ४२ लाख ५६ हजारमा बोलपत्र आह्वान गरिएको रु सात करोड ९० लाख ५६ हजारमा बोलपत्र परेको जिससका सबइञ्जीनियर सन्देश न्यौपाने बताए ।

भवन निर्माणको जिम्मा आकृति पशुपति एभरेष्ट जेभी बुटवलले पाएको छ । जिससको हाल आफ्नै भवन नहुँदा भाडाका घरमा कार्यालय सञ्चालन गर्दै आएको छ ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?