Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

आजदेखि अन्त्य हुँदै कोशी प्रदेश सभाको चौथो अधिवेशन


काठमाडौं। कोशी प्रदेश सभाको चालु चौथो अधिवेशन आजदेखि अन्त्य हुने भएको छ।

प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिएका छन्।

उक्त प्रदेश सभाको चौथो अधिवेशनबाट मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएका थिए भने यही अधिवेशनले पाँच महिनादेखि रिक्त सभामुख पनि निर्विरोध चयन गरेको थियो।

मंगलबार राप्रपा सांसद अम्बरबहादुर विष्टलाई प्रदेशसभाले सभामुख चयन गरेको थियो भने आजको प्रदेशसभा बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?