Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण


२७ फागुन, म्याग्दी । म्याग्दीका जनप्रतिनिधिको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ध्यानाकर्षण गराएका छन् । म्याग्दी प्रदेशसभा २ बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली र प्रदेशसभा १ बाट निर्वाचित प्रदेशसभा हरिबहादुर भण्डारीले शनिबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेट गरी ध्यानाकर्षण गराएका थिय ।

सङ्घीय सरकारमार्फत सञ्चालित अधुरा राहुघाट जलविद्युत् र आठ वटा सडकसम्बन्धी आयोजना निर्माणलाई गति दिने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो । प्रशासनिक, राजनीतिक र व्यावसायिक पहुँच भएका निर्माण व्यवसायीको अटेरी, आयोजना र कार्यालय प्रमुख तथा सरोकारवालाले चासो नदिनुका साथै पर्याप्त बजेट नआउने, निर्माण व्यवसायीले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाउन नसक्दा आयोजना थलिएको उनिहरुले बताएका थिए ।

अधुरा आयोजनालाई पूर्णता दिनका लागि प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ, सम्बद्ध विभागीय मन्त्री र मन्त्रालयका अधिकारीहरुसँग भेटघाट र छलफल गरिएको मन्त्री जुग्जालीले बताए । “जिल्ला र हाम्रो तहबाट सिर्जना गरिएको दबाबको सुनुवाइ र सम्बोधन नभएका केही आयोजनाका विषयमा सम्माननीय प्रधानमन्त्री, विषयगत मन्त्री र अधिकारीहरुसँग भेटेर छलफल गरेका छौँ”, उनले भने, “अधुरा आयोजना सञ्चालन गरेका सरकारी निकायका अधिकारी र निर्माण व्यवसायीलाई प्रधानमन्त्रीले हाम्रै अगाडि फोन गरेर तत्काल काम अघि बढाउन निर्देशन दिएका थिए ।”

करिब दुई वर्षदेखि रोकिएको बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणको ठेक्का लिएको निर्माण कम्पनी महादेव–खिम्ती–रफिना–गल्वा जेभीका सञ्चालक निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलाई प्रधानमन्त्रीले काम अघि बढाउन निर्देशन दिएका थिए। राहुघाट–जविद्युत्, बेनी–जोमसोम–कोरला, पोखरेबगर–चित्रेलगायत सङ्घीय सरकारले सञ्चालन गरेका अधुरा सडक, पुल र भवन आयोजनामा पर्याप्त बजेट व्यवस्थापनका साथै निर्माण अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भएको टोलीले जनाएको छ ।

बेनीदेखि ढोरपाटन हुँदै रुकुम र धवलागिरि गाउँपालिकाको गुर्जालाई सडक सञ्जालले जोड्ने सडक, रघुगङ्गा–म्याग्दी चक्रिय सडक र मोटेरेबल पुल निर्माणका लागि योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँग छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग धौलागिरि, अन्नपूर्ण, गुर्जा हिमालको आधार शिविर र अन्य पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका विषयमा छलफल गरिएको टोलीमा सहभागी धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?