Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

२०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’


काठमाडौं। अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ ।

त्यस्तै, न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् ।

मुस्ताङको सदरमुकाम जोमसोम हो भने पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ भने मुस्ताङ अन्नपूर्ण हिम शृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला समेत हो ।

मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ’क्षेत्र,टुकुचे निलगिरी हिमाल, धौलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क रहेका छन् ।

त्यसैगरी धार्मिक हिसाबले पनि यो जिल्लाको महत्त्व रहेको छ भने मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन् ।

उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाँको जनजीवन भिन्नै प्रकारको छ । सदरमुकाम देखि उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको बाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको बसोबास भएको पाइन्छ भने गुरुङ तथा थकाली जातीहरू बौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरूले हिन्दु धर्म प्रति आस्थावान् देखिन्छन् ।

न्युयोर्क टाइम्सले सार्वजनिक गरेको लिस्टमा नर्थ अमेरिकालाई शीर्ष स्थानमा रहँदा फ्लोरिडा ५२औँ स्थानमा रहेको छ ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?