Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउन माग


कञ्चनपुर। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शुभारम्भ गर्दै क्याम्पसको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने जानकारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउनका लागि उपकुलपतिसँग आग्रह गरिएको उनले उल्लेख गरे । झलारी क्षेत्रमै सशस्त्र प्रहरीको सुदूरपश्चिमस्तरीय विद्यालय स्थापना हुन लागेको जानकारी गराउँदै उनले विद्यालय स्थापनाले शिक्षाको गुणस्तर बढाउनमा मद्दत पुग्ने बताए ।

उक्त विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएका हुन् । सो क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्टले विद्यालयको भौतिक संरचना, शैक्षिक अवस्था, आर्थिक अवस्था र चुनौतीबारे कार्यक्रममा जानकारी गराएका थिए ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?